यी यस्ता झलक हुन् जसले रिसाएकी आफ्नी प्रेमिकालाई फरक्कै यसरी फर्काए,हेर्नुहोस त भिडियोमा झलकको झिल्के प्रस्तुती



हाम्रो इकोनोमि

क्षमतावान गायक र संगीतकारको परिचयले चिनिएका झलक बिबश यतिबेला अर्को परिचयले चिनिने क्रममा छन्।

रातारात सेलीब्रेटी बन्न खोज्नेको भीडमा उनको अर्को छुट्टै ओजन भएको परिचय थपिने क्रममा छ र त उनी मोडल हुदै अहिले निर्देशनमा जमिरहेका छन्। बहुमुखी प्रतिभाका धनी झलकको कलाकारितामा अनेक विधामा फरक-फरक झल्को पाइन थालेको छ।

सुमधुर स्वरका धनी उनले आफ्नो चौथो एल्बमको सान्नानी बोलको गीतको म्युजिक भिडियो तयार पारेका छन् उक्त भिडियो उनकै कुशल निर्देशनमा तयार भएको छ। उनी यति सम्म क्षमतावान छन् की रिसाएकी आफ्नी प्रेमिकालाई जादुमयी ढंगले फकाएका छन् जुन कुरा भिडियोमा मज्जाले देख्न सकिन्छ। र उनलाई अभिनयमा साथ दिएकी छन् मोडल अप्सराले। अप्सरा र झलकले उक्त भिडियोमा तिख्खर अभिनय पस्किएका छन्।

प्रेम लामाको छायांकनमा सजिएको भिडियोमा अभिनय गरेका झलककै स्वरमा उक्त गीत सजिएको छ भने कार्की जीको नमुना शब्दले गीतलाई दमदार बनाएको छ।

हेर्नुहोस उनै झलकको कलात्मक र चर्चाको सगरमाथामा पुग्ने तरखरमा रहेको रिसाएकी सान्नानी फर्काउने जादुमयी भिडियो।

 

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...