यी यस्ता झलक हुन् जसले रिसाएकी आफ्नी प्रेमिकालाई फरक्कै यसरी फर्काए,हेर्नुहोस त भिडियोमा झलकको झिल्के प्रस्तुती



क्षमतावान गायक र संगीतकारको परिचयले चिनिएका झलक बिबश यतिबेला अर्को परिचयले चिनिने क्रममा छन्।

रातारात सेलीब्रेटी बन्न खोज्नेको भीडमा उनको अर्को छुट्टै ओजन भएको परिचय थपिने क्रममा छ र त उनी मोडल हुदै अहिले निर्देशनमा जमिरहेका छन्। बहुमुखी प्रतिभाका धनी झलकको कलाकारितामा अनेक विधामा फरक-फरक झल्को पाइन थालेको छ।

सुमधुर स्वरका धनी उनले आफ्नो चौथो एल्बमको सान्नानी बोलको गीतको म्युजिक भिडियो तयार पारेका छन् उक्त भिडियो उनकै कुशल निर्देशनमा तयार भएको छ। उनी यति सम्म क्षमतावान छन् की रिसाएकी आफ्नी प्रेमिकालाई जादुमयी ढंगले फकाएका छन् जुन कुरा भिडियोमा मज्जाले देख्न सकिन्छ। र उनलाई अभिनयमा साथ दिएकी छन् मोडल अप्सराले। अप्सरा र झलकले उक्त भिडियोमा तिख्खर अभिनय पस्किएका छन्।

प्रेम लामाको छायांकनमा सजिएको भिडियोमा अभिनय गरेका झलककै स्वरमा उक्त गीत सजिएको छ भने कार्की जीको नमुना शब्दले गीतलाई दमदार बनाएको छ।

हेर्नुहोस उनै झलकको कलात्मक र चर्चाको सगरमाथामा पुग्ने तरखरमा रहेको रिसाएकी सान्नानी फर्काउने जादुमयी भिडियो।

 

 

प्रतिक्रिया दिनुहोस
माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक

ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना

      प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा