नवराज सिलवाललाई ठाउँको ठाउँ समातेर जाक्न प्रहरी प्रमुखले दिए यस्तो आदेश



हाम्रो इकोनोमि

नेपाल प्रहरीका प्रमुख महानिरीक्षक प्रकाश अर्यालले पूर्वडिआइजी तथा सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । फर्जी काण्डमा मुछिएका सिलवाललाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन अर्यालले ललितपुर प्रहरीलाई निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु सिलवाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन वाध्य भएको उच्च प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरी मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउ गरी प्रक्रिया अगाडि बढाउन वाध्य भएको हो ।

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको हो ।

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो ।

अदालतको आदेशलाई काठमाडौं जिल्ला प्रहरीले समन्वय गरेर ललितपुर प्रहरीलाई पक्राउ गर्न भन्नु पर्नेमा जवरजस्ती प्रहरी प्रमुखले नै आदेश दिनु परेको हो ।

ललितपुर प्रहरी प्रमुख सिलवालप्रति नरम देखिएको र काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुक बाम गठबन्धनसंग नजिक भएकाले प्रहरी संगठनमा नवराज पक्राउ काण्डलाई लिएर समस्या भएको हो ।

धानुक माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्री भएका बेलामा काठमाडौंमा ल्याइएका थिए ।

सर्वोच्चको आदेशको मर्यादा उल्लंघन गरेकाले उनीहरुलाई गृह प्रशासनले सरुवा गर्ने सम्मको कुरा पनि चर्चामा आएको छ ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।

त्यसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा पनि असन्तुष्टी जनाउँदै सिलवाल फेरि सर्वोच्च गएका थिए ।

उनले आफू अन्यायमा परेको भन्दै राजनीतिबाटै समाधान खोज्न एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिँदै त्यसलाई मुद्दा बनाएर ललितपुर १ बाट चुनाव नै जिते ।

उनले सपथ लिइसकेका छैनन् । त्यसअघि नै उनलाई सर्वोच्चमा बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ ।
सिलवालले बदमासी गरेको ठहर भए उनको सांसद पद खोसिने छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...