पुल भत्काएर दहमा हाम फालेकाले फर्कन बाटो बन्द भएको भन्दै प्रचण्डले भने- नेतृत्व लेवलमा पार्टी एकताबाट पछि हट्ने कुरा जसले गर्छ अब उही सकिन्छ



पार्टी एकतामा पछि फर्कनु नपर्ने गरी पुल नै भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेको दावी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। यसैगरी राष्ट्रिय सभामा कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेश सम्बन्धी विवादको समाधान हुने जानकारी पनि उनले बताएका छन्।

‘पुल भत्काइएन भने पछि फर्कनपनि सकिन्छ, त्यसैले पुल नै भत्काएर हामी अघि बढेका हौं’ एमाले र माओवादी केन्द्र सम्बद्ध बुद्धिजीवी संगठनले भरतपुरस्थित बालकुमारी क्याम्पसमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा प्रचण्डले भने, ‘नेतृत्व लेवलमा पार्टी एकताबाट पछि हट्ने कुरा कसैले गरेको छैन। अब छिट्टै एकता हुन्छ।’

प्रचण्डका अनुसार एकताका विषयमा एमाले अध्यक्ष ओलीसँग शनिबार बेलुकी र आइतबार विहानपनि उनको कुराकानी भएको थियो। शनिबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिएपनि मौसममा आएको खरावीका कारण उनी काठमाडौं आउन सकेका थिएनन्।

एमाले–माओवादी केन्द्रको एकताका विषयमा केही सञ्चारमाध्यमहरुले भ्रामक समाचार दिन थालेको दावी प्रचण्डले गरे। प्रचण्डको भनाई आफ्नो बहुमत आउने लागेपछि एमालेका केही नेता माओवादी केन्द्रलाई छाडेर फोरमसँग एकता गर्ने प्रयासमा लागेको भन्ने केही सञ्चारमाध्यमले दिएको समाचारप्रति लक्ष्यित थियो।

‘यसबीचमा पार्टी एकता र गठबन्धन के हुन्छ भन्ने बारेमा भ्रामक समाचार आएका छन्, त्यस्तो भ्रामक समाचारको आधिकारिकता पुष्टि नभई प्रचार नगरिदिनु मेरो अनुरोध छ’ प्रचण्डले भने, ‘आज विहान र हिजो बेलुकी पार्टी एकता टुङ्ग्याउने गरी ओलीसँग कुरा भएका छन्।’

यद्यपी, एकताका सन्दर्भमा केही जटिलता रहेको चाहिँ प्रचण्डले स्वीकार गरे। ‘हो, एकतामा केही जटिलता हुन्छन्, त्यसबारे हामीले सोचिसकेका छौं’ प्रचण्डले थपे, ‘तर पछि हट्ने विकल्प छैनन्। हामीसँग एकतामा अघि जानेमात्र बिकल्प छन्। त्यसैले आत्तिनु पर्ने स्थिति छैन।’

एमाले–माओवादी केन्द्रबीचको एकतामा दरार पार्न केही मानिसहरु अन्तिम कसरतमा लागेको दावी गरेका प्रचण्डले यसलाई पनि स्वभाविक रुपमा लिनुपर्ने बताए। उनले थपे, ‘एकता भत्काउने पक्षको फुटाउने कसरत हाँस्यास्पद हुनेछ। नेपाली समाजबाट अनुमोदन गरिसकेको छ। आत्तिनु पर्ने स्थिति छैन।’

ओली र आफूबीच सरकार गठनका विषयमा समेत आइतबार विहान फोनमा लामो कुराकानी भएको प्रचण्डले बताए। ‘राष्ट्रिय सभा निर्वाचनमा बहुमतीय प्रणालीमा जाँदा कांग्रेसको सून्य हुने देखिएपछि कांग्रेसले एकल संक्रमणीयको कुरा ल्याएर संसोधन ग¥यो’ प्रचण्डले भने, ‘झन् हामीबीच एकता हुन थालेपछि छाड्नै हुन्न भन्ने तर्क कांग्रेसका साथीहरुले थालेका छन्।’

प्रचण्डले कांग्रेसलाई परेको मर्काका सम्बन्धमा पनि ओलीसँग फोनमा कुराकानी भएको जानकारी दिए। ‘बहुमतीय प्रणालीमा जाँदा उहाँहरुको एउटापनि सिट नआउने रहेछ, यस्तो हुनु राम्रो होइन भन्ने हामीलाई पनि लागेको छ, त्यसैले उहाँहरुको पनि त्यहाँ प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विषयमा हामीले कुराकानी गरेका छौं।’

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई