पूर्वमन्त्री सुरेन्द्र सहित १२ जनालाई निलम्बन गर्न सिफारिश



हाम्रो इकोनोमि

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।

क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए ।

उनले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेको आरोप क्षेत्रीय समितिको आरोप छ ।

क्षेत्रीय समितिको बैठकले पूर्वजिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई समेत कारबाहीको सिफारिस गरेको छ । समितिले क्षेत्रीलगायतलाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यबाट हटाउने गरी पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरेको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...