हलो जोतेको, कोदालो खनेको मान्छे हुँ, मसँग केको दम्भ हुन्छ?भन्दै ओलीले यसरी झपारे देउवालाई



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी ओलीले आफू हलो जोत्ने किसानको छोरो भएको र आफूले पनि हलो जोतेको हुनाले दम्भ प्रदर्शन गर्न नजान्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूमा शासकीय स्वभाव नभएको बताएका हुन्।

‘हलो जोतेको मान्छेको छोरो हुँ र हलो जोतेकै मान्छे हुँ। मैले के को दम्भ देखाउनु नि?’ बडेगाउँमा आयोजित सो कार्यक्रमा ओलीले भने, ‘गाई भैँसी चराएर हुर्किएको हुँ। म कोदालो खनेको मान्छे हुँ। मसँग केको दम्भ हुन्छ र?’
आफू गाईभैँसी चराएर हुर्किएको मानिस भएको बताउँदै उनले थपे, ‘ममा शासकीय स्वभाव छैन। म त शासक होइन सेवक हुने हो।’उनले राणा शासन अन्त्यका लागि कृष्णप्रसाद भट्टराईको योगदानको चर्चा गर्दै भट्टराईसँग आफ्नो तुलना हुन नसक्ने बताएँ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...