एक-दुई जनाले विराेध गरेर पार्टी एकता राेकिँदैन, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे   छैन



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फकाे समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेकाे बताएका छन्।
“अाज पत्रपत्रिकामा माअाेवादीका समानुपातिक सांसदकाे लिष्ट अाएकाे रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे छैन” अध्यक्ष प्रचण्डले भने, “तपाईहरु त्यसकाे भ्रममा नपर्नुहाेला। निर्वाचन अायाेगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।”

एक-दुई जनाले विराेध गरेर पार्टी एकता नराेकिने भन्दै  उनले  शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नरहेकाे बताए ।
‘कसैले त्यसकाे विराेध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादकाे रेल अघि बढ्छ” भैरहवामा शनिबार अायाेजित कार्यक्रममा प्रचण्डले भने, “काे नेताले के भने, त्यसकाे पछि नलाग्नुस्। एमाले-माअाेवादीमा एकता मन नपराउने एकाध मान्छे हाेलान्। तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस्। बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।”
कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएकाे विवाद छिटै अन्त्य हुने पनि प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...