एक-दुई जनाले विराेध गरेर पार्टी एकता राेकिँदैन, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे   छैन



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फकाे समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेकाे बताएका छन्।
“अाज पत्रपत्रिकामा माअाेवादीका समानुपातिक सांसदकाे लिष्ट अाएकाे रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे छैन” अध्यक्ष प्रचण्डले भने, “तपाईहरु त्यसकाे भ्रममा नपर्नुहाेला। निर्वाचन अायाेगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।”

एक-दुई जनाले विराेध गरेर पार्टी एकता नराेकिने भन्दै  उनले  शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नरहेकाे बताए ।
‘कसैले त्यसकाे विराेध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादकाे रेल अघि बढ्छ” भैरहवामा शनिबार अायाेजित कार्यक्रममा प्रचण्डले भने, “काे नेताले के भने, त्यसकाे पछि नलाग्नुस्। एमाले-माअाेवादीमा एकता मन नपराउने एकाध मान्छे हाेलान्। तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस्। बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।”
कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएकाे विवाद छिटै अन्त्य हुने पनि प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...