महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो



हाम्रो इकोनोमि

काठमाडौं । काठमाडौंको चप्पलकारखाना चोक नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बस्ने अर्का एक जनालाई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत महाराजगञ्जका एक प्रहरीले जानकारी दिए ।

मोटरसाइलको पछाडिको भाग केही पनि नरहेको र तत्कालै उनीहरुलाई उपचारको लागि भनेर टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे बुझ्न दुर्घटनास्थलमा प्रहरी र स्थानीयहरुको भीड लागेको छ । सडक रगताम्य र स्थानीयका अनुसार मोटरसाइकल चालकको टाउकोको आधी भाग काटिएको छ ।

घटनामा मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...