यी हुन एमालेका जोई-पोई जो सांसद र मुख्यमंत्री बन्दैछन,राशन बुझाएर शासन गर्न तम्सिनेको यस्तो छ सुची भित्रियालाई संसाद बनाउन क- कस्को छ रुची?



हाम्रो इकोनोमि

समानुपातिक, समावेशी र आरक्षणको नाममा बाढिने सांसद र राजनीतिक नियूक्तिहरु शक्तिको नाममा वितरण गरिएको गुनासाहरु सुनिन थालेका छन् । वर्तमान समयका राजनीतिक दलका नेता कार्यकर्ताहरुले आफ्नो पहुँचको आधारमा आक्षरण कोटालाई उपभोग गर्ने गरेको सत्यलाई नर्कान मिल्दैन ।

गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो दल बनेको नेकपा एमाले पार्टीले समानुपातिक तर्फको सुचिमा अटाएका अधिकांश महिला प्रतिनिधि एमालेको केन्द्रविन्दुमा रहेका नेता कार्यकर्ताको नातेदार पर्छन् । सकेसम्म प्रत्यक्षमै लडाएर सांसद बनाउने नभए समानुपातिकमा आफन्तलाई सुरक्षित गर्ने कार्यले असली कार्यकर्ताको भावना माथि चोट पुग्ने देखिन्छ ।

त्यस्तै काँग्रेस, माओवादी र अन्य दलले बुझाएको सुचिमा पनि नातेधार भन्दा परका केही महिला बाहेक अरुको नाम खोजेर भेटिदैन । समानुपातिक सिद्धान्तले एउटै व्यक्तिलाई पटक–पटक अवस दिनुपर्छ भन्दैन तर हाम्रो मुलुकमा एउटै व्यक्तिलाई धरै पटक अवस प्रदान गरिन्छ र समावेशी सिद्धान्तको गम्भिर अपमान गरिन्छ ।

आक्षरण जात धर्म र महिला भएकै कारण पाउनु पर्छ भन्ने छैन् । त्यसरी प्राप्त गरिने आरक्षणकोटाको मूल्य हल्का बन्छ । वर्गका आधारमा, वैज्ञानिक आधारमा, विपन्नताको आधारमा, अवसरबाट वञ्चितको आधारमा सरकारले आरक्षण कोटा वितरण गर्नुपर्छ भन्ने आवाजहरु जता ततै उठिरहेका छन्।

राजनीतिक शक्तिको आडमा एमालेबाट संसदमा प्रतिनिधित्व गर्नेमा २०६४ सालमा समानुपातिकबाट सभासद बनेर सुबिधा लिसकेकी राधा ज्ञवाली , विन्दा पाण्डे, तिर्था गौतम, थममाय थापा, सिबमाया तुम्बाहाम्फे, शान्ता चौधरीहरु पुन समानुपातिक सुबिधा लिने सुचिमा कैदछन् । राधा ज्ञवाली उर्जामन्त्री बनेकी थिइन् भने बिन्दा पान्डे भने प्राकृति स्रोत साधन समितिको सभापति बनेकी थिइन ।

काठमाडौबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठका साला विनोद श्रेष्ठ समानुपातिक तर्फबाट सभासद बनेका थिए भने यस पटक उनकै श्रीमती बिना श्रेष्ठ समानुपातिक लिस्ट छ्न ।

पार्टी उपाध्यक्ष बाम देव गौतम कि श्रीमती तुलसी थापा, पार्टी स्थायी कमिटी सदस्य प्रदेश नं. ५ मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेलकी श्रीमती सुजिता साक्य, रघुवीर महासेठकी श्रीमती जुली महतो लगाएयत नेताका नातेदारहारु तथा पटक–पटक मन्त्री भैसकेकाहरु फेरि पनि समानुपातिकमा परेका छन् ।

यसरी आरक्षणको नाममा नातेदारलाई पोस्ने काम हुने हो भने समावेशी समानुपातिक आन्दोलनको सपना कसरी पुरा भएको मान्ने भन्ने कुरा अहम भएर उठेको छ । पुरानाले यसरी बाटो छेक्ने हो भने नयाँ अनुहारहरुलाई अवसर नदिने हो भने नेतृत्व कसरि जन्मिन्छ ? भन्नेहरु एमालेमा धेरै भेटिन्छन ।

एमालेको भातृ संगठनमा रहेर लामो समय देखि काम गर्दै आएकी महिला नेतृहरु जसले पार्टी भित्रका अराजकताको बिरुद्धमा बोल्छन् । उनिहरुले कहिल्य पनि आरक्षणमा स्थान नपाएको गुनासा यत्रतत्र देखिन्छन् ।

यसरी पार्टीलाई नीति र सिद्धान्तको सिमा भित्र राखेर अघि बढाउनु पर्छ भन्ने मान्यता राख्ने यूवा संघ नेपालकी उपाध्यक्ष दीलु पन्त पनि एक हुन । त्यस्तै मिना कुमारी गुरुङ, मन्जु यादव, धना कुमारी सुनार, समिता केसी लगायत महिला नेतृहरुको राजनीतिक भविष्य अन्यौल बनेको सहज अनुमान लगाउन थालिएको छ ।

हरेक पार्टीमा ‘धन भएका र डन’ भएकाहरुले राजनीतिको नाममा आरक्षण उपभोग गर्ने गरेका सत्य हो । राजनीतिक शक्तिमा रहेका नेता कार्यकर्ताहरुले चुनावको बेलामा पुरुषसँग पैसा र महिलासँग बैंस दोहोन गर्ने नाङ्गो चरित्रले नेपाली राजनीतिकलाई अुनशासन, निष्ठा र सिद्धान्तको रेखाभन्दा पर धकेलेको कतिपयको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...