उखुको मूल्य निर्धारण गर्न माग



हाम्रो इकोनोमि

किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् ।

उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लामा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नगर्दा तथा उचित मूल्य नपाउँदा किसान उखुखेती छाडी वैकल्पिक खेतीतर्फ लागेका छन् ।

गत वर्ष करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यस वर्ष करिब १५ लाख क्विन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताउनभयो । चिनी उद्योगले उखु किसानसँग उखु खरिद गरी एक वर्षपछि मात्र रकम भुक्तानी दिने र उचित मूल्यसमेत पाउन नसक्दा किसानले वर्षेनी क्रमशः उत्पादन घटाउँदै लगेका छन् ।

जिल्लामा सात हजार १४९ हेक्टरमा उखुखेती गरिँदै आएको छ । करिब १० हजार घरधुरी उखुखेतीमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...