नामको हेभीवेटले हुँदैन , म कामको हेभीवेट हुँ : सिँचाइ मन्त्री गौतम



हाम्रो इकोनोमि

सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको बताउँदै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उहाँको भूमिकामा टिप्पणी गर्नु अमर्यादित हुने विचार व्यक्त गर्नुभयो ।

काँग्रेस र एमाले बीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्छ, उहाँले भन्नुभयो, “विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न उहाँको भूमिका यतिबेला खाँचो छ ।”

मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले उनीहरुले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै “अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यहीअनुसारको तयारी गर्नुपर्छ” भन्नुभयो ।

संस्थागतरुपमा काँग्रेस सञ्चालन हुन नसक्दा पराजय भोग्नु परेको छ, उहाँले भन्नुभयो, “अहिलेको परिणामले हामीलाई स्तब्ध बनाएको छ, यसको समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्छ ।”

मन्त्री गौतमले निर्वाचनमा आफ्नो क्षेत्रका जनताले कामको हेभीवेटलाई विश्वास गरेको बताउँदै “मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा शुरुदेखि नै विश्वास थियो, नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।”

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...