चुनाब हारेपछी सर्बोच्च अदालत गुहार्ने यी हुन् दुई भाई कांग्रेसी र एक थान माओबादी,किन पुगे दुई राज्यमंत्री अदालतमा



हाम्रो इकोनोमि

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएका ३ उम्मेदवार मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक खड्का, कांग्रेसकै युवानेता प्रदीप पौडेल र माओवादी केन्द्रका बिना विभागीय मन्त्री रामसिंह यादवले सर्वोच्चमा रिट दायर गरेका छन्।

संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग पराजित भएपछि खड्का उक्त मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च पुगेका हुन्। एमालेका गौतमले ३२ हजार ७ सय ६९ र कांग्रेसका खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए। खड्का ११ सय ३३ मतले पराजित भएका हुन्। खड्काले पुस ५ मा रिट दायर गरेका हुन्। तनुहँ क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा उम्मेदवार बनेका पौडेल ५ मतले माओवादी केन्द्रकी उम्मेदवार तथा बिना विभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका थिए। कोइरालाले १६ हजार ६ सय ४६ मत पाउँदा पौडलले १६ हजार ६ सय ४१ मत पाएका थिए।

बदरमतलाई समेत गणना गर्दै आफूलाई पराजित घोषणा गरेकाले पुनः मतगणना हुनुपर्ने मागसहित पौडेल पुस ६ मा सर्वोच्च पुगेका हुन्।

धनुषा क्षेत्र नम्वर ३ मा तेस्रो स्थानमा पुगेका माओवादी केन्द्रका बिना विभागीय मन्त्री रामसिंह यादवले पनि सर्वोच्चमा निर्वाचन परिणाम विरुद्ध रिट दर्ता गराएका हुन्। उनले निर्वाचन परिणाम अस्वीकार गर्दै पुस ३ मा रिट हालेका हुन्। धनुषा ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई हराएका हुन्। मन्त्री यादवले २ हजार ३ सय ४६ मत मात्र ल्याएका थिए। जबकि महतो ३० हजार ७ सय ५० मत प्राप्त गरी निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वि पूर्वगृहमन्त्री निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरेका थिए।

उनीहरुको रिट प्रधानन्यायाधीश सहितको संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ। उनीहरुको रिटमा निर्वाचनमा विजयी हुने पक्षले धाँधली गरेको जिकीर गरिएको छ। यादव र गौतम राज्यमंत्रीको हैसियतमा हाल सम्म बहाल छन्।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...