चुनाब हारेपछी सर्बोच्च अदालत गुहार्ने यी हुन् दुई भाई कांग्रेसी र एक थान माओबादी,किन पुगे दुई राज्यमंत्री अदालतमा



हाम्रो इकोनोमि

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएका ३ उम्मेदवार मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक खड्का, कांग्रेसकै युवानेता प्रदीप पौडेल र माओवादी केन्द्रका बिना विभागीय मन्त्री रामसिंह यादवले सर्वोच्चमा रिट दायर गरेका छन्।

संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग पराजित भएपछि खड्का उक्त मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च पुगेका हुन्। एमालेका गौतमले ३२ हजार ७ सय ६९ र कांग्रेसका खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए। खड्का ११ सय ३३ मतले पराजित भएका हुन्। खड्काले पुस ५ मा रिट दायर गरेका हुन्। तनुहँ क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा उम्मेदवार बनेका पौडेल ५ मतले माओवादी केन्द्रकी उम्मेदवार तथा बिना विभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका थिए। कोइरालाले १६ हजार ६ सय ४६ मत पाउँदा पौडलले १६ हजार ६ सय ४१ मत पाएका थिए।

बदरमतलाई समेत गणना गर्दै आफूलाई पराजित घोषणा गरेकाले पुनः मतगणना हुनुपर्ने मागसहित पौडेल पुस ६ मा सर्वोच्च पुगेका हुन्।

धनुषा क्षेत्र नम्वर ३ मा तेस्रो स्थानमा पुगेका माओवादी केन्द्रका बिना विभागीय मन्त्री रामसिंह यादवले पनि सर्वोच्चमा निर्वाचन परिणाम विरुद्ध रिट दर्ता गराएका हुन्। उनले निर्वाचन परिणाम अस्वीकार गर्दै पुस ३ मा रिट हालेका हुन्। धनुषा ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई हराएका हुन्। मन्त्री यादवले २ हजार ३ सय ४६ मत मात्र ल्याएका थिए। जबकि महतो ३० हजार ७ सय ५० मत प्राप्त गरी निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वि पूर्वगृहमन्त्री निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरेका थिए।

उनीहरुको रिट प्रधानन्यायाधीश सहितको संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ। उनीहरुको रिटमा निर्वाचनमा विजयी हुने पक्षले धाँधली गरेको जिकीर गरिएको छ। यादव र गौतम राज्यमंत्रीको हैसियतमा हाल सम्म बहाल छन्।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...