बालुवाटार बैठकमा जुटेन सहमति,२ दल एकातिर ३ दल अर्कातिर,अब के हुन्छ अध्यादेश?



हाम्रो इकोनोमि

राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको विषय पेचिलो बन्दै जाँदा आज बालुवाटारमा बसेको पाँच दलको बैठकमा कुनै सहमति जुट्न सकेन।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुबीच सहमति जुट्न नसकेको बैठकपछि सञ्चारकर्मीलाई बताए।

५ दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसम्म पुगिसकेको अध्यादेशलाई पारित गर्नका लागि सघाउन अन्य दलसमक्ष आग्रह गरेका थिए।

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने सो अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेका थिए।

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन नभईकन प्रतिनिधिसभाले पूर्णता नपाउने सञ्चारकर्मीलाई बताए।

विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...