दलहरुको कुरा नमिल्दा सम्म प्रतिनिधी सभाको समानुपातिकको नतिजा रोक्दै आयोगले आजै प्रदेशसभाको समानुपातिक नतिजा यसरी गर्दैछ सार्वजनिक



निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आज भने सार्वजनिक गर्ने बताएको छ । हिजो नै सार्वजनिक गर्ने बताएको आयोगले तयारी नपुगेको भन्दै रोकेको थियो । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतका काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलग रुपमा तयार गर्ने काम रातभरमा पूरा गरी शुक्रबार दिउँसो बस्ने आयोगको बैठकपछि नतिजा सार्वजनिक गर्ने जानकारी दिइएको छ । राजनीतिक दललाई पठाउने पत्र र आयोगको बैठकमा पेश गर्ने प्रस्ताव तयारीमा जुटिरहेको आयोगको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकोमा प्रत्यक्षतर्फको निर्वाचनको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ ।

 

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएकोमा प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ बदर मतको संख्या निकै बढी रहेको बताइएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १.५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसदमा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिकतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै राजनीतिक दललाई उम्मेदवारको बन्दसूचीको लागि पेश गरेको समावेशीको आधार मिलाएर एक साताभित्र केन्द्रीय कार्यसमितिको वैठकबाट नाम अनुमोदन गराएर पठाउन समयावधि प्रदान गर्नेछ ।

 

उक्त समयावधिभित्र आएको नामलाई सच्याउन वा मिलाउन चाहने राजनीतिक दललाई थप तीनदिनको समय प्रदान गरिनेछ । त्यसपछि बन्दसूचीमा पेश भएका क्रमअनुसारका आधारमा राजनीतिक दलले प्राप्त गरेका सिट र विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्नेछ । साथै, ती प्रदेशमा राजनीतिक दलका उम्मेदवार विजयी भएको जानकारी प्रदेश प्रमुखलाई पनि आयोगले पठाउनेछ । समानुपातिक निर्वाचनमा प्रतिनिधिसभातर्फ ४९ र प्रदेशसभातर्फ विभिन्न संख्यामा राजनीतिक दलले भाग लिएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी ३१ लाखभन्दा बढी मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

 

तर प्रतिनिधिसभा तर्फको सिट बाँडफाँडका लागि भने अझै थप एक दुई दिन लाग्ने आयोग प्रवक्ता ढकालले बताए । प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीको नतिजा राष्ट्रियसभा गठन गरेपछि गर्ने कि पहिल्यै भन्नेबारे दलहरुबीच सहमति नभएका कारण आयोगले नतिजा रोकेको हा । राष्ट्रियसभा गठनसम्बन्धी विधेयक हाल राष्ट्रपति कार्यालयमा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आब्हानमा बसिरहेको पाँच दलको बैठकले निकाल्ने निकासका आधारमा प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक हुने बुझिएको छ । कांग्रेसले एकल संक्रमणीय विधिबाट राष्ट्रियसभा गठन गर्नुपर्ने भन्दै विधेयक राष्ट्रपति कार्यालयमा पठाएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी उक्त विधेयकको वाम गठबन्धनमा आवद्ध दलहरु एमाले र माओवादीले विरोध गरिरहेका छन्। ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई