जेरुसेलम विवादः युएनमा अमेरिकाको विपक्षमा नेपालको भोट



हाम्रो इकोनोमि

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा मतदान गरेको छ। जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाका घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको हो।

केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए। विवादित जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको चर्को विरोध भएको थियो।

राष्ट्रसंघीय महासभाले अमेरिकालाई सो मान्यता फिर्ता लिन प्रस्ताव ल्याएको थियो।

अमेरिकाका सहयोगी राष्ट्रहरु फ्रान्स, बेलायत, जर्मनी र जापानले पनि राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावको पक्षमा मतदान गर्ने राष्ट्रलाई आर्थिक सहायतामा कटौती गरिदिने चेतावनी दिएका थिए।

प्रस्तावको पक्षमा १२८ राष्ट्रले मत हाले भने विपक्षमा ९ राष्ट्र उभिए। क्यानडा, अष्ट्रेलियालगायत ३५ देश मतदानमा सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...