केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ ।

विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उहाँले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिनुभयो ।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आपूm निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उहाँले भन्नुभयो, “आपूm राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।”

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...