किसुनजीको जन्मदिनमा ओली प्रमुख अतिथी,किसुनजीकै सल्लाहमा पार्टी फुटाएका देउवाको यस्तो सम्म गद्दारी ?



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार मनाइँदैछ ।
स्वर्गीय किसुनजीको सादगी जीवनबाट मन्त्रमुग्ध भएकाहरु उनलाई उनको त्यही जीवनशैलीकै कारण सम्झन्छन् ।

नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित किसुनजीले प्रधानमन्त्री भएका बेलामा आफूसंग भएको ट्यांका र सुराही लिएर गएका थिए र फर्किँदा पनि तिनै सामान लिएर फर्किएका थिए ।

तिनै किसुनजीको ९४ वर्षअघि पुस ८ गते जन्म भएको थियो ।

किसुनजी हामीबीच छैनन् तर उनलाई नेपाली राजनीतिक वृत्तमा भिन्नै तरिकाले सम्झना गरिन्छ ।

यसपटकको जन्मजयन्ती कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकी अमिता कपालीले ओली प्रमुख अतिथि भएको बताइन् ।
नेपाली काँग्रेसका नेताको जन्मजयन्तीमा काँग्रेसका कोही नेता प्रमुख अतिथि हुन सक्थे कि? भन्ने जिज्ञासामा उनले ‘त्यस्तै पर्यो’ भनेर टारिन् ।

उनले काँग्रेसका नेताहरुलाई पनि बोलाएको बताइन् । भनिन्, ‘निम्तो पठाएकी छु उनीहरुलाई, आउलान् नि को को आउने हुन् उनीहरुका कुरा ।’

कार्यक्रम शनिबार दिउँसो १ बजे भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुँदैछ ।
किसुनजी काँग्रेसजनका आस्था हुन् । तर प्रतिष्ठानले गर्ने व्यवहार भने बुझिनसक्नु भएको एक काँग्रेस नेताले बताएका छन् ।

उनले भने, ‘निम्तो आएको छ, तर त्यो निम्तोले तान्लाजस्तो लागेन, हिनतावोध मात्र गरायो ।’
उनले पार्टी नेतृत्व किसुनजीको सम्मान गर्नसमेत चुकेको बताए ।

गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा यथोचित सम्मान नपाएको भन्दै शेरबहादुर देउवालाई काँग्रेस प्रजातान्त्रिक खोल्न किसुनजीले नै सघाएका थिए । अहिले देउवा मुलुकको प्रधानमन्त्री एवं काँग्रेसको सभापति छन् ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...