किसुनजीको जन्मदिनमा ओली प्रमुख अतिथी,किसुनजीकै सल्लाहमा पार्टी फुटाएका देउवाको यस्तो सम्म गद्दारी ?



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार मनाइँदैछ ।
स्वर्गीय किसुनजीको सादगी जीवनबाट मन्त्रमुग्ध भएकाहरु उनलाई उनको त्यही जीवनशैलीकै कारण सम्झन्छन् ।

नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित किसुनजीले प्रधानमन्त्री भएका बेलामा आफूसंग भएको ट्यांका र सुराही लिएर गएका थिए र फर्किँदा पनि तिनै सामान लिएर फर्किएका थिए ।

तिनै किसुनजीको ९४ वर्षअघि पुस ८ गते जन्म भएको थियो ।

किसुनजी हामीबीच छैनन् तर उनलाई नेपाली राजनीतिक वृत्तमा भिन्नै तरिकाले सम्झना गरिन्छ ।

यसपटकको जन्मजयन्ती कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकी अमिता कपालीले ओली प्रमुख अतिथि भएको बताइन् ।
नेपाली काँग्रेसका नेताको जन्मजयन्तीमा काँग्रेसका कोही नेता प्रमुख अतिथि हुन सक्थे कि? भन्ने जिज्ञासामा उनले ‘त्यस्तै पर्यो’ भनेर टारिन् ।

उनले काँग्रेसका नेताहरुलाई पनि बोलाएको बताइन् । भनिन्, ‘निम्तो पठाएकी छु उनीहरुलाई, आउलान् नि को को आउने हुन् उनीहरुका कुरा ।’

कार्यक्रम शनिबार दिउँसो १ बजे भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुँदैछ ।
किसुनजी काँग्रेसजनका आस्था हुन् । तर प्रतिष्ठानले गर्ने व्यवहार भने बुझिनसक्नु भएको एक काँग्रेस नेताले बताएका छन् ।

उनले भने, ‘निम्तो आएको छ, तर त्यो निम्तोले तान्लाजस्तो लागेन, हिनतावोध मात्र गरायो ।’
उनले पार्टी नेतृत्व किसुनजीको सम्मान गर्नसमेत चुकेको बताए ।

गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा यथोचित सम्मान नपाएको भन्दै शेरबहादुर देउवालाई काँग्रेस प्रजातान्त्रिक खोल्न किसुनजीले नै सघाएका थिए । अहिले देउवा मुलुकको प्रधानमन्त्री एवं काँग्रेसको सभापति छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...