ओलीलाई पत्तै नदिइ प्रचण्डले देउवालाई गोप्य भेटे,प्रचण्ड संग यस्तो समझदारी गर्दै देउवाले भने-त्यो ओलीलाई सम्झाउनुहोस्



हाम्रो इकोनोमि

राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा राजनीतिक दलहरुको बीचमा मत एक्यता बन्न नसकिरहेको समयमा राजनीतिक दलहरु यसमा सहमति जुटाउने प्रयासमा जुटेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग यसै बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेट गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अध्यादेश अब आउने सरकारले पेश गर्ने र अहिले पेश गरिएको अध्यादेश फिर्ता हुनु पर्ने अडान राखि रहदा कांग्रेसले भने यसमा विरोध जनाउदै आएको छ । कांग्रेसले सरकारको अधिकारका रुपमा रहेको अध्यादेश पेश गरेपछि राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने आफ्नो भनाइ राखेको छ ।

सोहि बिषयमा मध्यमार्गी भुमिकामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यादेश पारित गरेर सरकार गठनको बाटो खोल्ने कुरामा सहजिकरण गरिरहेका छन् । यसै सिलसिलामा उनको आजको भेट पनि अर्थपुर्ण मानिएको छ ।

नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष दुबैले राष्ट्रपति विद्या देवी भण्डारीसँग भेट गरेपछि त्यहाँ भएका कुराहरुको विषयमा समेत र कसरि सहजिकरण गरेर जाने भन्ने विषयमा राष्ट्रपति समेत चिन्तित रहेको सन्दर्भ प्रचण्डले प्रधानमन्त्रीसँग राखेको बुझिएको छ । साथै अध्यादेश पारित गरि नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्ने सन्दर्भमा सकरात्मक रुपमा रहेको बुझिएको छ ।

यसैबीच नेकपा एमाले आफ्नो अडानमा कायम रहि रहदा गतिरोध बढ्ने देखिन्छ । गतिरोध टुङगाउन नेकपा एमालेको अडान बाधक भएको सन्दर्भमा प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्षलाई ओलिलाई सम्झाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...