प्रधानमन्त्रीले चुनाव हारेको प्रतिशोधमा मलाई थुन्न तम्सिएको भन्दै नवराज सिलवालले देउवालाई दिए यस्तो कडा दनक



पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालले उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्तेको जाहेरी दर्ता राजनीतिक प्रतिशोधमात्र भएको आरोप लगाएका छन्।

सर्वोच्च अदालतले कीर्तेमा को-कसको संलग्नता रहेको छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउनू भनी गरेको आदेश अनुसार हिजो जाहेरी दर्ता भएको परिसरले जानकारी दिएको छ। सिलवालले भने, ‘सरकार र प्रधानमन्त्रीले चुनाव हारेको प्रतिशोधमा यस्तो काम गरिरहेको छ। म एकदमै दु:खी छु।’ कारवाही गर्न र थुन्नमात्र सरकार सक्रिय भएको उनको आरोप छ।

प्रहरी महानिरीक्षक बनाउनु पर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो। सिलवालले आफूले अनलाइनहरुमा आएको फायलमात्र पेश गरेको बताए। उनले भने, ‘अनलाइनमा आएको कामसु फायल मेरो वकिलले अदालतमा बुझाएको मात्र हो। कसरी यत्रो फाइल बाहिरियो? कि त नवराज सिलवालले चोरेको भन्ने प्रमाणित गर्नु पर्यो ।’

सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित सात न्यायाधीशको बृहत् पूर्ण इजलासले सिलवालको मुद्दामा गरेको फैसलाको पूर्ण पाठ आएपछि जाहेरी दर्ता गरेको हो। पूर्ण पाठमा नवराज सिलवालले नै ‘अनुचित माध्यैमबाट कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरी तोडमोड गरी आफूले बढी अङ्क प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएको’ उल्लेख छ। सिलवालले आफू पूर्व प्रहरी समेत भएकाले प्राकृतिक सिद्धान्त अनुसार प्रहरी एक निकायले नै अनुसन्धान गर्न नमिल्ने बताए। उनले भने, ‘म पनि अनुसन्धान होस् भन्ने नै पक्षमा छु। तर, अरु नै निकायबाट होस्। विधि र नियमसंगत हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई

ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै