प्रधानमन्त्रीले चुनाव हारेको प्रतिशोधमा मलाई थुन्न तम्सिएको भन्दै नवराज सिलवालले देउवालाई दिए यस्तो कडा दनक



हाम्रो इकोनोमि

पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालले उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्तेको जाहेरी दर्ता राजनीतिक प्रतिशोधमात्र भएको आरोप लगाएका छन्।

सर्वोच्च अदालतले कीर्तेमा को-कसको संलग्नता रहेको छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउनू भनी गरेको आदेश अनुसार हिजो जाहेरी दर्ता भएको परिसरले जानकारी दिएको छ। सिलवालले भने, ‘सरकार र प्रधानमन्त्रीले चुनाव हारेको प्रतिशोधमा यस्तो काम गरिरहेको छ। म एकदमै दु:खी छु।’ कारवाही गर्न र थुन्नमात्र सरकार सक्रिय भएको उनको आरोप छ।

प्रहरी महानिरीक्षक बनाउनु पर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो। सिलवालले आफूले अनलाइनहरुमा आएको फायलमात्र पेश गरेको बताए। उनले भने, ‘अनलाइनमा आएको कामसु फायल मेरो वकिलले अदालतमा बुझाएको मात्र हो। कसरी यत्रो फाइल बाहिरियो? कि त नवराज सिलवालले चोरेको भन्ने प्रमाणित गर्नु पर्यो ।’

सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित सात न्यायाधीशको बृहत् पूर्ण इजलासले सिलवालको मुद्दामा गरेको फैसलाको पूर्ण पाठ आएपछि जाहेरी दर्ता गरेको हो। पूर्ण पाठमा नवराज सिलवालले नै ‘अनुचित माध्यैमबाट कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरी तोडमोड गरी आफूले बढी अङ्क प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएको’ उल्लेख छ। सिलवालले आफू पूर्व प्रहरी समेत भएकाले प्राकृतिक सिद्धान्त अनुसार प्रहरी एक निकायले नै अनुसन्धान गर्न नमिल्ने बताए। उनले भने, ‘म पनि अनुसन्धान होस् भन्ने नै पक्षमा छु। तर, अरु नै निकायबाट होस्। विधि र नियमसंगत हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...