प्रचण्ड संग भेटे लगत्तै भारतीय राजदूत दिल्ली उडे,प्रचण्डलाई पाँच बर्ष प्रधानमंत्री बनाउने यस्तो रहेछ भारतको योजना



हाम्रो इकोनोमि

नेपालमा नयाँ सरकारको चर्चा चलिरहँदा नेपालका लागि भारतीय राजदुत मञ्जितसिंह पुरी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नेपालमा वाम गठबन्धनको सरकार बन्ने प्रायः निश्चित भएका बेला भारतीय राजदूत पुरी बुधबार जेट एयरको ९ डब्लु २५९ विमानमार्फत् बेलुका नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

दिल्ली जानुअघि पुरीले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । नेपालमा नयाँ सरकार गठनका लागि वाम गठबन्धन (एमाले, माओवादी)सँग बहुमत छ। तर, चुनावमा नराम्ररी पराजय भोगेको नेपाली कांग्रेस माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि आफू सरकारमा रहने रणनीतिमा छ।

भारतले प्रचण्डलाई पाँच वर्ष अवधिका लागि प्रधानमन्त्री बनाइदिने प्रस्ताव गरेको थियो। तर, प्रचण्डले भने उक्त प्रस्ताव अस्वीकार गर्दै अब वाम गठबन्धनबीचको पार्टी एकतालाई कसैलाई रोक्न नसक्ने बताउँदै आएका छन् । एमाले, माओवादी समीकरणबाट सरकार गठन प्रायः निश्चित भएका बेला भारत आफू अनुकुलको चाहाना व्यक्त गरिरहेको हो ।

एमाले, माओवादीबीच पार्टी एकताका लागि शुक्रबारका लागि एकता संयोजन कमिटीको बैठक छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओेलीले अब एमाले,माओवादी पार्टी नरहने घोषणा गर्दै चाँडै नै पार्टी एकता हुने बताएका थिए ।
ओली वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रहेको स्वंय प्रचण्ड नै बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...