गुल्मी होमस्टे महोत्सव पुस १० देखि



हाम्रो इकोनोमि

गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ ।

मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने समाजसेवी गुरुङले बताउनुभयो ।

विसं २०६८ देखि स्वाँरा होमस्टे सञ्चालन गरिए पनि होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा समेत स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या कम हुँदै गएपछि गुरुङ समुदायद्वारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई व्यापक प्रचारप्रसार गर्नसमेत महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...