गुल्मी होमस्टे महोत्सव पुस १० देखि



गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ ।

मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने समाजसेवी गुरुङले बताउनुभयो ।

विसं २०६८ देखि स्वाँरा होमस्टे सञ्चालन गरिए पनि होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा समेत स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या कम हुँदै गएपछि गुरुङ समुदायद्वारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई व्यापक प्रचारप्रसार गर्नसमेत महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने