डा. उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर



हाम्रो इकोनोमि

वरिष्ठ ‘न्यूरोसर्जन’ डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी परेका छन् ।

‘न्युरो’ रोग सम्बन्धी उपचारमा अन्तर्राष्ट्रित रुपमै ख्याति कमाएका डा. देवकोटालाई दुर्लभ प्रकारको क्यान्सर रोग लागेको उनी निकट स्रोतले जनाएको छ ।

डा. देवकोटा यतिबेला लण्डनस्थित एक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

देवकोटाले हालसम्म ३० हजार जनाको टाउको शल्यक्रिया गरिसकेका छन, भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन् ।

मंसिर १० गते भएको निर्वाचनमा डा. देवकोटा गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न व्यस्त थिए । निर्वाचन प्रचारकै क्रममा विरामी भएपछि उनी गोरखाबाट काठमाडौँ फर्किएका थिए । उनको नेपालमा उपचार नभएपछि लण्डिन लगिएको बताइएको छ ।

डा. देवकोटा पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...