लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्र्माण गर्ने



हाम्रो इकोनोमि

उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ ।

लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले करिब रु ८० लाखको लागतमा लिफ्ट निर्माण गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा लक्ष्मी ग्रुपका तर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गर्नुभएको थियो ।

सोही अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारलाई समता सांगीतिक कार्यक्रम सञ्चालनार्थ उक्त संस्थाले रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउने पनि जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ लगायतले लक्ष्मी ग्रुपले उद्योग व्यवसाय सञ्चालनका साथै सामाजिक सहयोगका क्षेत्रमा देखाएको तत्परता प्रशंसायोग्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...