बंगलादेशमा अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला



हाम्रो इकोनोमि

बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव फेला परेको हो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत थिइन्। मंगलबार अन्तरिक परीक्षा दिएर फर्केकी उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। विनिशा अहिले बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।

भतरा प्रहरी कार्यालयका इन्चार्ज कामरुजमानका अनुसार घटना मंगलबार दिउँसो २ बजेतिरको हो। ‘नेपालको विराटनगर भन्ने ठाँउकी विद्यार्थी हुन् विनिशा ,’ उनले भने, ‘दुई वर्षअघि डेन्टल पढ्न बंगलादेश आएकी थिइन्। हामी मृत्युको कारण खोजिरहेका छौं।’

विनिशा सँगै कोठामा बस्ने रोक्साका अनुसार विनिशा परीक्षा सकिनुभन्दा आधा घन्टाअगाडि परीक्षा हलबाट निस्केकी थिइन्।

‘जब म होस्टालमा फर्केँ ढोकामा चुकुल लगाइएको थियो,’ रोक्साले भनिन्, ‘जति पटक ढोका ढकढक्याए पनि नखोलेपछि अर्को साँचोले ढोका खोलेँ। भित्र उनी झुन्डिएको देखेपछि अन्यत्र खबर गरेँ।’

रोक्साका अनुसार विनिशा तीन दिनपछि नेपाल जाने योजनामा थिइन्। ‘करिब पाँच महिनापछि उनी आफ्न आमाबुबालाई भेट्न जाँदै थिइन्। तर उनले त संसारै छाडिन्,’ रोक्साले भावुक हुँदै भनिन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...