वृक्षरोपण अभियान- एक्ला कार्कीले ११ सय बिरुवा रोपे



म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिकरुपमा बिरुवा रोप्ने गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वनजंगलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा हालसम्म एक हजार १०० बिरुवा रोप्नुभएको छ । ५३ वर्षीय कार्कीले पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

“रोपेका सबै बिरुवा भएको ठाउँमा समय मिलाएर जान्छु । मान्छेले समेत बिरुवामा क्षति पु¥याएको देखर दुःख लाग्छ”, कार्कीले भन्नुभयोे । कार्कीले सदरमुकाम बेनी आसपासका सडकसँगै आफ्नै गाउँसम्म पुग्ने विभिन्न स्थानमा वरपीपलको बिरुवाका साथै विभिन्न प्रजातिका फलफूल पनि लगाउनुभएको छ ।

एक हजार आठवटा वरपीपलका बिरुवा रोपेर ती ठाउँमा चौतारी पनि निर्माण गरिसक्नुभएका कार्कीले बिरुवा रोपण अभियान शुरु गर्नुभएको हो । चार महिना अघिदेखि शुरु गरेको सो अभियानअन्तर्गत हालसम्म विभिन्न प्रजातिका ११ सय बिरुवा रोपेको कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल, समी, सल्लो, वडहर, टुनिलगायतका बिरुवा रोपिएका छन् ।

बेनीमा कृषिउपज खरिद बिक्री केन्द्र किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आउनुभएका खवरा निवासी कार्कीले यस कार्यबाट आनन्द महसुस भएको बताउनुभयो ।

“मानिस धर्म गर्न मन्दिर धाउँछन्, दानपुण्य गर्छन्, तर मलाई त्यसो गर्नुभन्दा वातावरणको संरक्षण पनि हुने र मानिसलाई सुविधा पनि हुने वरपीपल रोप्ने र चौतारी बनाउने काम उपयुक्त लाग्यो र सोही गर्न थालेँ” कार्कीले भन्नुभयो । “गाउँमा डोजर लगाएर बाटो खन्दा वन क्षेत्र नासियो, पानीका मुहान सुके, चौतारी, पोखरी पुरिए” कार्कीले भन्नुभया,े “यसबाट वातावरणको विनाश भयो, म वातावरण संरक्षणमा जुटेको छु ।”

“यसको असर अहिलेदेखि नै पर्न थालेको छ, छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउनु नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ”, ५३ वर्षीय कार्कीले भन्नुभयो ।

कार्कीकै सक्रियतामा म्याग्दीखोलाबाट २५० मिटर माथि गाउँमा लिफ्ट सिँचाइको प्रविधि प्रयोग गरी पानीसमेत लगिएको छ । व्यावसायिक कृषिमा सक्रिय कार्कीले वातावरण संरक्षणमा देखाएको सक्रियताबाट स्थानीयले समेत सिको गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १