वृक्षरोपण अभियान- एक्ला कार्कीले ११ सय बिरुवा रोपे



हाम्रो इकोनोमि

म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिकरुपमा बिरुवा रोप्ने गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वनजंगलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा हालसम्म एक हजार १०० बिरुवा रोप्नुभएको छ । ५३ वर्षीय कार्कीले पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

“रोपेका सबै बिरुवा भएको ठाउँमा समय मिलाएर जान्छु । मान्छेले समेत बिरुवामा क्षति पु¥याएको देखर दुःख लाग्छ”, कार्कीले भन्नुभयोे । कार्कीले सदरमुकाम बेनी आसपासका सडकसँगै आफ्नै गाउँसम्म पुग्ने विभिन्न स्थानमा वरपीपलको बिरुवाका साथै विभिन्न प्रजातिका फलफूल पनि लगाउनुभएको छ ।

एक हजार आठवटा वरपीपलका बिरुवा रोपेर ती ठाउँमा चौतारी पनि निर्माण गरिसक्नुभएका कार्कीले बिरुवा रोपण अभियान शुरु गर्नुभएको हो । चार महिना अघिदेखि शुरु गरेको सो अभियानअन्तर्गत हालसम्म विभिन्न प्रजातिका ११ सय बिरुवा रोपेको कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल, समी, सल्लो, वडहर, टुनिलगायतका बिरुवा रोपिएका छन् ।

बेनीमा कृषिउपज खरिद बिक्री केन्द्र किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आउनुभएका खवरा निवासी कार्कीले यस कार्यबाट आनन्द महसुस भएको बताउनुभयो ।

“मानिस धर्म गर्न मन्दिर धाउँछन्, दानपुण्य गर्छन्, तर मलाई त्यसो गर्नुभन्दा वातावरणको संरक्षण पनि हुने र मानिसलाई सुविधा पनि हुने वरपीपल रोप्ने र चौतारी बनाउने काम उपयुक्त लाग्यो र सोही गर्न थालेँ” कार्कीले भन्नुभयो । “गाउँमा डोजर लगाएर बाटो खन्दा वन क्षेत्र नासियो, पानीका मुहान सुके, चौतारी, पोखरी पुरिए” कार्कीले भन्नुभया,े “यसबाट वातावरणको विनाश भयो, म वातावरण संरक्षणमा जुटेको छु ।”

“यसको असर अहिलेदेखि नै पर्न थालेको छ, छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउनु नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ”, ५३ वर्षीय कार्कीले भन्नुभयो ।

कार्कीकै सक्रियतामा म्याग्दीखोलाबाट २५० मिटर माथि गाउँमा लिफ्ट सिँचाइको प्रविधि प्रयोग गरी पानीसमेत लगिएको छ । व्यावसायिक कृषिमा सक्रिय कार्कीले वातावरण संरक्षणमा देखाएको सक्रियताबाट स्थानीयले समेत सिको गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...