शिवम सिमेन्टले सर्वसाधारण लगानीकर्ताको लागि ३७ लाख कित्ता आइपीओ जारी गर्ने



हाम्रो इकोनोमि

शिवम सिमेन्टले सर्वसाधारण लगानीकर्ताको लागि ३७ लाख कित्ता साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो ।आइपीओ निश्कासनको विशेष प्रस्तावसहित कम्पनीले आगामी पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाको बिषयमा जारी सूचनामा उल्लेख भएअनुसार कम्पनीको कुल जारी पुँजीको १० प्रतिशत आइपीओ निश्कासन गर्न लागिएको हो । यो कम्पनीको जारी पुँजी ३ अर्ब ७० करोड रहेको छ । साधारणसभामा कम्पनीको प्रबन्धपत्र संसोधनको प्रस्ताव समेत पेश हुने सूचनामा उल्लेख छ ।

प्रबन्धपत्रमा संसोधनपछि कम्पनीको सेयर स्वामित्व अनुपा संस्थापक समूहको ९० र सर्वसाधारण समूहको १० प्रतिशत रहनेछ ।साधारणसभामा विशेष प्रस्तावको रुपमा सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरणको प्रसंग पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...