शिवम सिमेन्टले सर्वसाधारण लगानीकर्ताको लागि ३७ लाख कित्ता आइपीओ जारी गर्ने



शिवम सिमेन्टले सर्वसाधारण लगानीकर्ताको लागि ३७ लाख कित्ता साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो ।आइपीओ निश्कासनको विशेष प्रस्तावसहित कम्पनीले आगामी पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाको बिषयमा जारी सूचनामा उल्लेख भएअनुसार कम्पनीको कुल जारी पुँजीको १० प्रतिशत आइपीओ निश्कासन गर्न लागिएको हो । यो कम्पनीको जारी पुँजी ३ अर्ब ७० करोड रहेको छ । साधारणसभामा कम्पनीको प्रबन्धपत्र संसोधनको प्रस्ताव समेत पेश हुने सूचनामा उल्लेख छ ।

प्रबन्धपत्रमा संसोधनपछि कम्पनीको सेयर स्वामित्व अनुपा संस्थापक समूहको ९० र सर्वसाधारण समूहको १० प्रतिशत रहनेछ ।साधारणसभामा विशेष प्रस्तावको रुपमा सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरणको प्रसंग पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई