राजकुमार ह्यारीको बिहेको मिति तोकियो



हाम्रो इकोनोमि

बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो।

केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ।
वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।

उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउनेभएका छन्।
विवाहपछि उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएका छन्। राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन्।

अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...