राजकुमार ह्यारीको बिहेको मिति तोकियो



बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो।

केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ।
वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।

उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउनेभएका छन्।
विवाहपछि उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएका छन्। राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन्।

अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस
चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले