निःशुल्क स्वास्थ्य तथा आँखा जाँच



लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा कुश्मा नगरपालिका वडा नं १२ ठूलीपोखरी, पर्वतस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरबाट ३७० जना बिरामी लाभान्वित भएका छन् ।

हिमालय आँखा अस्पताल पोखरा र प्राथमिक स्वास्थ्य केन्द्र ठूलीपोखरी, पर्वतको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १९० जना आँखाका र बाँकी १८० जना बिरामीको अन्य स्वास्थ्य जाँच गरिएको हो ।

शिविरमा आँखा जाँच गर्ने बिरामीको चाप धेरै रहेको र जसमध्ये चार जनामा मोतियाबिन्दु देखिएको हुँदा हिमालय आँखा अस्पताल पोखरामा पठाइएको दृष्टि विशेषज्ञ अनिल चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै अन्य सामान्य स्वास्थ्य जाँचतर्फ ग्यास्टिक, प्रेसर, बाथरोग, निमोनिया, रुघाखोकी, ज्वरो, ढाड कम्मर दुख्ने लगायतका समस्या रहेको पाइएको डा विवेक भण्डारीले बताउनुभयो ।

स्वास्थ्य जाँच गराउन आएका ८७ वर्षीय डाँडाघर ठूलीपोखरीका दीलनाथ सुवेदीले घरगाउँमा शिविर आएर आफूजस्ता धेरै सर्वसाधारण लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं १२ का अध्यक्ष राजेन्द्र पौडेल, लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट सञ्चार संयोजक टंकराज अधिकारीलगायतले मानवीय सेवाको लक्ष्यका साथ लायन्सका माध्यमबाट विकट गाउँका बस्तीमा सञ्चालन हुँदै आएका शिविरले सर्वसाधारणलाई ठूलो राहत पुगेको धारणा राख्नुभयो ।

‘फ्रेन्डस फन रिलोडेड’को रक्तदानमा २२ युनिट रगत संकलन

यसैगरी फेसबुक गु्रप ‘फ्रेन्डस फन रिलोडेड’द्वारा शनिबार आयोजित रक्तदानमा २२ युनिट रगत संकलन भएको छ ।

‘नेपाली मन, नेपाली पन’ भन्ने नारासहित सामाजिक सञ्जालमा सक्रिय रहँदै आएको फेसबुक ग्रुप फ्रेन्डस फन रिलोडेडले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान आयोजना गरेको हो ।

कार्यक्रममा ओरेन्ज मार्केटका सञ्चालक एवं रक्तदान कार्यक्रमका सभापति विनोद गुरुङले कुनै व्यक्तिलाई नयाँ जीवन दिन रक्तदान कार्यक्रमबाट संकलित रगत महत्वपूर्ण बन्ने बताउँदै ‘रक्तदान जीवन दान’ भएको बताउनुभयो ।

फ्रेन्डस फन रिलोडेडका सदस्य शर्विन्द्र रेग्मीले संस्थाका तर्फबाट विगतमा वृद्धाश्रमलगायत अन्य सामाजिक संस्थालाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा