पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षित गर्दै जमुनावासी



हाम्रो इकोनोमि

स्थानीयको सक्रियतापछि इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जमुनाको ढाप पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ ।

पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको हो ।

पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुङ्गा सञ्चालन गर्न थालेको हो ।

यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण निर्माण थालिएको दुई वर्षभित्रमै आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो मानिएको यो पोखरी ५० रोपनीमा फैलिएको छ ।

“डुङ्गामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी समय लाग्छ”– समितिका अध्यक्ष युवराज भट्टराईले भन्नुभयो, “यस क्षेत्रमा पोखरीमा डुङ्गा सयर गर्न स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने क्रम बढ्दो छ ।” पोखरीमा डुङ्गा सञ्चालनमा ल्याइएपछि दैनिक ५० जनादेखि १०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र डुङ्गाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ ।

ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी गरेका छन् । पोखरीमा माछापालन शुरू भएपछि आगन्तुकलाई थप आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरूङ्गीसमेत पोखरीमा आउने क्रम बढेको छ । पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छ । पोखरी निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाम, जिल्ला भूसंरक्षण कार्यालयले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...