बाम गठबन्धनको बैठक गराउनेकै घरमा डेरा सरे प्रचण्ड,नयाँ घरबेटीलाई प्रचण्डले यसरी बनाउदैछन् सांसद



हाम्रो इकोनोमि

पार्टी एकता र चुनावी तालमेलका लागि एमाले–माओवादी केन्द्रले प्रयोग गर्दै आएको घरघनीकै अर्काे घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सरेका छन्। ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई प्रचण्डले शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन्।

प्रचण्ड डेरा सरेको घरका धनी अधिकारीको ललितपुर मानभवनस्थित घरमा चुनावी तालमेल र पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुने गरेको थियो। शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन्।

समानुपातिक सूचीको बन्दसूचीमा अधिकारीको नाम ३३ नम्बरमा छ।
तत्काल खुमलटार डेरा सर्नुको कारण चाहिँ बिगत पाँच बर्षदेखि लाजिम्पाटका बस्दै आएको निवासमा छोरा प्रकाशको निधन हुनु हो। यद्यपी, अन्य दुई कारणले पनि दशैं अगाडिदेखि नै प्रचण्डका लागि नयाँ डेरा खोजिँदै थियो। लाजिम्पाट निवासमा जाने बाटो साँघुरो हुनु र घर चुहिन थालेपछि नयाँ डेरा खोजिँदै थियो।

‘त्यो घर २२ वर्ष पुरानो रहेछ, माथिल्लो कोठामा पानी चुहिन्थ्यो, त्यसैले नयाँ घर खोजिँदै थियो’ पारिवारिक स्रोतले भन्यो, ‘त्यहाँ जाने बाटोपनि साँघुरो थियो, पार्किङपनि पर्याप्त थिएन, तर एकमात्र छोरा प्रकाशको ३ कार्तिकमा त्यही घरमा निधन भएपछि छिटो भन्दा छिटो नयाँ घर खोज्न थालिएको थियो।’

तर पायक पर्ने ठाउँमा खोजेजस्तो कुनै घर नभेटिएपछि वार्ता भएको अधिकारीको घरलाई नै नयाँ डेरा बनाइएको हो। प्रचण्ड विहीबार साँझ नै त्यहाँ बस्न सुरु गरेपनि त्यसको भाडा भने तय गरिएको छैन। स्रोतले भन्यो, ‘अस्थायी रुपमा मात्र बस्न थाल्नुभएको हो। अनुकूल ठाउँमा अर्को घर फेला प¥यो भने फेरि सर्ने योजना छ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...