समानुपातिकको मतगणना सकियो, एमाले बन्यो ठूलो दल, कुन दलको कति मत ,पाँच पार्टी मात्रै राष्ट्रिय दल



हाम्रो इकोनोमि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ७१ मत पाएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ७१, राजपाले ४ लाख ४७ हजार ५ सय २९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३, राप्रपाले १ लाख ९३ हजार ८ सय ७२, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४ सय ८१, नयाँ शक्ति पार्टीले ८० हजार ६ सय ९३ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएका छन् । अरु दलले ३ लाख ४७ हजार ६ सय ८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो सँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ । सो अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् । अरु दलले ३ प्रतिशत मत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...