अध्यादेश फिर्ता लिन देउवालाई एमाले अध्यक्ष ओलीको चेतावनी, जनमतको अवमुल्यन नगर्न सचेत



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको बताउनु भएको छ । उहाले सो अध्यादेशका बारेमा निर्वाचित सबैभन्दा ठुलो दललाई अहिलेसम्म पनि थाहा नभएको भन्दै गैरसंवैधानिक अध्यादेश पारित गर्न नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउन चाहेको प्रष्ट हुने समेत बताउनु भयो ।

आफ्नै निवास बाल्कोटमा आज विहान संचारकर्मीसग कुरा गर्दै अध्यक्ष ओली भन्नुभयो, ‘कांग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमनलाई अवमुल्यन र अस्वीकार गरेको छ । ‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’ उहाले अगाडी भन्नुभयो, ‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ, त्यसैले गलत काम मान्नुपर्ने छ भन्ने काही छैन ।’ सरकार गठनका लागि विगतका अभ्यास र नजिरहरु रहेको भन्दै अध्यक्ष ओलीले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।

निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुन अनुसार चल्नुपर्ने बताउनु भयो । प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट शपथ ग्रहण नगर्ने भन्दै सत्ता हस्तान्तरणको बाटो खोल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...