समानुपातिकको करोड मत गनी सकियो अब ५ लाख बाँकी,कुन दल कति लाख जनताका प्यारा देखिए,हेर्नुहोस नतिजा



हाम्रो इकोनोमि

समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ। गणना भएको ९० लाख ७८ हजार ६ सय ७६मत मध्य नेकपा एमालेले ३० लाख ४९ हजार ५ सय ७५ मत प्राप्त गरेको छ। यस गरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ लाख ७६ हजार ४४ मत ल्याएको छ।

समाचार तयार पार्दा माओवादी केन्द्रले १२ लाख ३५ हजार २ सय ८१ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४ लाख ४३ हजार ३ सय ७१ मत र राष्ट्रिय जनता पार्टीले ४ लाख २७ हजार ३ सय १९ मत ल्याएको छ।

पछिल्लो मत परिणाम अनुसार विवेकशील साझा र राप्रपाले ३ प्रतिशत मत ल्याउने सम्भावना कम हुँदै गएको छ। विवेकशीलले २ लाख ३ हजार मत ल्याउँदा राप्रपाले १ लाख ९१ हजार मत ल्याएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बदर मतलाई समेत जोड्दा ९७ लाख बढी मत गणना भइसकेको जानकारी दिए। उनले शुक्रबार बेलुकासम्म समानुपातिकको गणना सम्पन्न हुने बताए।

प्रतिक्रिया दिनुहोस
एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...