कांग्रेसका १९ पुरुष,एमालेका २ पुरुष र माओबादीका ४ पुरुषले मात्र समानुपातिकबाट यसरी सांसद बन्ने मौका पाउने भए,तीनै पार्टीका महिलाको यसरी चम्कदै छ भाग्य



प्रतिनीधिसभामा एमाले र माओवादीको तुलनामा समानुपातिकतर्फ काँग्रेसका पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन् । प्रत्यक्षतर्फको तुलनामा काङ्ग्रेसल झन्डै दोब्वर सांसद समानुपातिक तर्फबाट पाउनेछ, जसको लाभ काङ्ग्रेसका पुरुष उम्मेदवारलाई हुनेछ ।

संविधानमै प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत महिलाका लागि ३३ प्रतिशत सिट सुरक्षित गरेको छ । यसले दलहरुलाई त्यो संख्या व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । प्रमुख दलहरु एमाले, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेको सिट संख्याको आधारमा ३३ प्रतिशत महिला अनिवार्य गर्दा अब उनिहरुले त्यसको पुर्ति समानुपातिकबाट गर्नुपर्ने हुन्छ ।

यसो गर्दा समानुपातिकमा उनीहरुले पाएको मतबाट महिलालाई पहिलो प्राथमिकता पनि दिनुपर्ने हुन्छ । यसरी हेर्दा एमाले माओवादीको तुलनामा काङ्ग्रेसबाट समानुपातिकमा रहेका धेरै पुरुष उम्मेदवारले सांसद बन्न बढी मौका पाउने भएका छन् ।

काङ्ग्रेसका धेरै पुरुष उम्मेदवारलाई मौका
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसले २३ सिट मात्र जितेको छ । अहिले उसले पाएको समानुपातिकको मत हेर्दा काङ्ग्रेसबाट पनि झण्डै ४० जना सांसद समानुपातिकबाट छानिनेछन् । यसलाई जोड्दा उसका सांसद ६३ जना हुनेछन् ।

यसको ३३ प्रतिशत भनेको २१ हुन आउँछ । काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्यमा एकजना महिला पनि निर्वाचित भएका छैनन । तर, पनि काङ्ग्रेसले समानुपातिकमा पाउने ४० मध्ये २१ महिला पठाएर बाँकी रहेका १९ सिटमा पुरुषले मौका पाउने भएका छन् ।

एमालेबाट समानुपातिकमा थोरै पुरुषले मौका पाउने
सार्वजनिक मत परिणाम अनुसार एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेको छ अव उसले समानुपातिकतर्फ पाएको मतका आधारमा ४० सिट पाएको खण्डमा उसको प्रतिनिधिसभामा सांसद संख्या १२० पुग्छ ।

त्यसको ३३ प्रतिशत भनेको ३९ जना हुन्छ । एमालेबाट २ महिलाले प्रत्यक्षमा चुनाव जितेका छन् । अव उसले समानुपातिकबाट ३८ महिला पठाउनुपर्ने हुन्छ । त्यसो गर्दा बाँकी रहेका दुई सिटमा मात्रै एमालेले समानुपातिकतर्फ आएको मतमा पुरुष उम्मेदवारलाई सांसद बनाउन सक्नेछ ।

माओवादीका ४ पुरुषले पाउने
प्रत्यक्षतर्फ प्रतिनिधि सभासदस्यमा माओवादीले ३६ सिट जितेको छ । यसमा ३ जना महिला निर्वाचित भैसकेका छन् । उसले समानुपातिक तर्फको जम्मा मतसंख्याबाट अरु महिला लगेर ३३ प्रतिशत पुर्याउनुपर्ने हुन्छ ।

जुन अहिलेको मत परिणाम अनुसार माओवादीले समानुपातिकमा १८ सांसद पाए उसको जम्मा सांसद संख्या ५१ हुन आउँछ । त्यसको ३३ प्रतिशत भनेको १७ महिला हुन्छ । यसमध्ये ३ जना निर्वाचित भैसकेपछि बाँकी १४ जना समानुपातिकबाट पदपुर्ति गर्नुपर्ने हुन्छ । यसरी हेर्दा उसको मतको आधारमा १८ मध्ये ४ जना पुरुषले समानुपातिकमा स्थान पाउनेछन् ।

यसरी हेर्दा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकोले दलहरुले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने देखिन्छ । दलहरुले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै महिलालाई उम्मेदवार बनाएका थिए । त्यसमध्ये पनि विजयी महिला सांसदहरुको संख्या न्यून छ ।

प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकाबाट ११० गरी प्रतिनिधिसभामा २७५ सदस्य हुनेछन् । त्यस्तै गरी राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । राष्ट्रिय सभाका लागि ७ वटा प्रदेशबाट ८–८ जनाको दरले चयन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिद्वारा ३ सदस्य मनोनित गर्ने व्यवस्था छ । संविधानअनुसार अब बन्ने संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात ११० सदस्य महिला हुनु अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने