नवराज सिलवाललाई पक्राउ गरेको हल्लाले यसरी तात्यो बजार,आखिर के गर्दैछन सिलवाल



हाम्रो इकोनोमि

ललितपुर क्षेत्र नम्बरका–१ का सांसद नवराज सिलवाल पक्राउ परेको बारे शुक्रबार बिहान केहीबेर हल्लीखल्ली भयो ।
केही अनलाइनले सिलवाल पक्राउ परेको समाचार पोष्ट गरेपछि सिलवालको फोनमा पत्रकार र शुभेच्छुकको फोनको रिङ एकोहोरो बज्न थाल्यो । जतिबेला सिलवाल पक्राउ परेको हल्ला सहरभरी फैलियो, त्यतिबेला उनी ललितपुरको गोटीखेलमा मतदातालाई धन्यवाद दिँदै हिंडेका थिए ।

उनले आफू पक्राउ परेको भन्ने हल्ला फिजाइएकामा आपत्ति प्रकट गरे । ‘म पक्राउ परेको छैन, जनतासँग विजयको खुसी साट्दै हिंडेको छु’, उनले भने, ‘किन मेरो बारेमा यस्ता वाहियात हल्ला बारम्बार चलाइन्छ, बुझ्न सकेको छैन ।’ सिलवालले पक्राउ पर्ने गरी आफूले कुनै कसुर नगरेको समेत स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस
कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...

एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...