नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य



हाम्रो इकोनोमि

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभएको छ ।

तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याउनुभएको हो ।

महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न र महानगरसँगै उपत्यकालाई नयाँ स्वरुप दिन आफू लागिपर्नेमा जोड दिनुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले एकिकृत विकासको अवधारणका साथ अघि बढ्न सकेमात्र दिगो विकासले गति लिने धारणा व्यक्त गर्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले हाल शहरी व्यवस्थापनमा देखिएका चुनौतीको सामना गर्न नयाँ आयामका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैँक र व्यक्तिगततर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मान गरिएको थियो ।
यसैगरी महानगरमा बीस वर्षभन्दा बढी सेवा गर्नुभएका अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउदलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
कार्यक्रम शुरु हुनुअघि नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आह्वान सहित वसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरी हुँदै राष्ट्रिय सभागृहसम्म ¥याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...