यी हुन् प्रत्यक्ष तर्फ चुनाब जित्ने सबै भन्दा कान्छा सांसद मोदी,सबैभन्दा पाको उमेरका माननीय को हुन्?



प्रतिनिधि सभाबाट निर्वाचित भएका १ सय ६५ संसदमध्ये अब बन्ने व्यवस्थापिका संसदमा ६८ नयाँ अनुहारहरु देखिँदैछन्। ४० प्रतिशत भन्दा बढी अनुहार नयाँ मात्र छैनन् उमेरको हिसाबले पनि संसदको बनोट मिश्रित हुने छ। ३२ वर्षीय जोशिलादेखि ७५ वर्षीय वृद्ध सांसद पनि एउटै ग्यालरीमा बसेर बहस गर्नेछन्।

यसपटको संसदमा ४० वर्ष ननाघेका सांसदको पनि उल्लेख्य उपस्थिति देखिने छ। प्रतिनिधि सभाबाट विजयी भएका ४० वर्ष ननाघेका ९ सांसद आउने पक्का भएको छ। संसदमा सबैभन्दा कान्छा सांसद बनेका छन् ३२ वर्षीय अमनलाल मोदी। कान्छी महिला सांसद भने विना मगर भइन्।
अमनलाल मोदी
मोरङ क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका हुन्। मोदीले ३३ हजार ५ सय २९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश आचार्यले २६ हजार ८ सय मत प्राप्त गरे। यादवको जन्म २०४२ सालको असोज ५ गते डंग्राहा ३ मोरङमा भएको हो।
बिना मगर
बिना मगर सबैभन्दा कान्छी महिला सांसद बनेकी छिन्। कञ्चनपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनको साझा उम्मेदवार बिना मगर विजयी बनेकी हुन्। माओवादी केन्द्रकी नेतृ तथा पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी बिनाले ३८ हजार ४ सय ६७ मत प्राप्त गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी दिवानसिंह बिष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए। मगरको उमेर ३३ वर्ष रहेको छ।
हेमकुमार राई
हेमकुमार राई अर्का कम उमेरका सांसदमा पर्छन्। राईको उमेर ३३ वर्ष हो। सोलुखुम्बुबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हेमकुमार राईको जन्म २०४० साल पुसमा भएको हो। सोलुखुम्बुबाट नेकपा एमालेका उम्मेद्वार राईले २० हजार ९ सय १२ मत ल्याइ जित हासिल गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बलबहादुर केसीले १७ हजार ७ सय ४५ मत ल्याएका थिए।
अभिषेक प्रताप शाह
अभिषेक प्रताप शाहको उमेर ३५ वर्ष रहेको छ। शाह २०७० सालको संविधानसभा निर्वाचनमा कपिलवस्तु ५ बाट विजयी भएका थिए। मधेशी जनअधिकार फोरम नेपालबाट केही समय अगाडि मात्र नेपाली कांग्रेस प्रवेश गरेका शाह प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। शाहले १९ हजार ८ सय ६४ मत प्राप्त गरेका थिए। शाहले संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्तालाई ४४ सय ७० मतान्तरले पराजित गरेका हुन्। गुप्ताले १५ हजार ७ सय ९४ मत प्राप्त गरेका थिए। २०३९ सालमा जन्मिएका शाह पनि कम उमेरका सांसद हुन्।
प्रमोद शाह
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोद शाह पनि ४० वर्ष ननाघेका संसदको सूचीमा पर्छन्। शाह २०३५ साल पुसमा सर्लाहीको मलंगवामा जन्मेका हुन्। राष्ट्रिय जनता पार्टीबाट उम्मेद्वारी दिएका शाह २२ हजार ३६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी धुव्र गौतमले २१ हजार ४ सय ६४ मत ल्याएका थिए।
नरबहादुर धामी
नरबहादुर धामी पनि ४० वर्ष ननाघेका सांसद हुन्। उनको उमेर ३८ वर्ष रहेको छ। धामीले ३३ हजार २ सय २० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदलाई पराजित गरेका हुन्। कांग्रेस उम्मेदवार साउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरेको थिए।
मोहन आचार्य
४० वर्षीय मोहन आचार्य पहिलो पटक सांसद बनेका हुन्। आचार्यको जन्म २०३३ चैत २९ गते भएको हो। प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार आचार्य १४ हजार ४ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेवार जनार्दन ढकालले १० हजार २ सय ७८ मत प्राप्त गरेका थिए।
पदम गिरी
युवा सासदको सूचीमा पर्न सफल भएका छन् पदम गिरी। गिरीको उमेर ४० वर्ष रहेको छ। २०३३ साल मंसिरमा पर्वत जिल्लामा उनको जन्म भएको थियो। नेकपा एमालेका गिरीले नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गरेका थिए। एमालेका गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा कांग्रेसका अर्जुन जोशीले २६ हजार ८१९ मत प्राप्त गरे।
रेशम लाल चौधरी
टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी ४० ननाघेका सांसद बनेका छन्। कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा ३४ हजार ३ सय ४१ मत प्राप्त गरी उनी विजयी भएका हुन्। चौधरीले आफ्ना निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका मदनकुमारी शाहलाई २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। चौधरीको उमेर ४० वर्ष रहेको छ।
सबैभन्दा पाका महन्थ
अब बन्ने संसदमा सबैभन्दा ज्येष्ठ सांसद बनेका छन् राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर। महत्तरी क्षेत्र नम्बर २ बाट विजयी बनेका ठाकुरको उमेर ७५ वर्ष रहेको छ। ठाकुर २७ हजार ५ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६ सय ७७ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको