समानुपातिकको यस्तो छ पछिल्लो अपडेट, कांग्रेस र एमालेबीच कति फरक पर्‍यो ?



हाम्रो इकोनोमि

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। एमाले र कांग्रेसको समानुपातिक मत हाराहारीमा पुगेको छ। पछिल्लो अपडेटअनुसार एमालेले ३० लाख १९ हजार ६२६ मत पाएको छ भने नेपाली कांग्रेसले २९ लाख ४७ हजार ६३७ मत सहित एमालेलाई पछ्याई रहेको छ ।

माओवादी केन्द्रले अहिलेसम्म जम्मा १२ लाख १५ हजार ७४५ मत पाएको छ ।चौथौ स्थानमा रहेको मधेस केन्द्रित दल संघिय समाजवादी फोरमले ४ लाख २८ हजार ९६१ मत पाएको छ भने ४ लाख ९ हजार १८९ मत ल्याउदै राष्ट्रिय जनता पार्टी (राजपा) पाँचौ स्थानमा छ। अहिलेसम्म तीन प्रतिशतको थ्रेसहोल्ड यीनै पाँच दलले मात्रै कटाएका छन् ।

नयाँ दलको रुपमा चर्चामा आएको विवेकशील साझालाई तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न कठिन हुने देखिएको छ। अहिलेसम्म २ लाख १ हजार १९८ मत ल्याउदै छैठौं स्थानमा छ भने कमल थापा नेतृत्वको राप्रपाले १ लाख ९० हजार १४८ मत पाएको छ। राप्रपाको संभावना पनि अब लगभग सकिएको छ।

पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार ३१५ मत ल्याएको छ भने बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले ७६ हजार ५०६ मत पाएको छ ।

नारायणमान विजुक्जे नेतृत्वका नेपाल मजदुर किसान पार्टीले ५२ हजार ८३६ मत ल्याएको छ । अन्य केहि साना दलहरुले ३ लाख २३ हजार ७२० मत पाएका छन् । समानुपातिक तर्फको मतगणना शुक्रबार साँझसम्ममा सकिने निर्वाचन आयोगले जनाएको छ । पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले मात्रै ३ प्रतिशत मत कटाएका छन्। ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...