अदुवाले बजार पाएन



हाम्रो इकोनोमि

अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् ।

गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ ।

गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट उहाँको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उहाँ निकै समस्यामा पर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “गतवर्ष पनि अदुवा बिक्री भएन सुठो बनाएर राखे, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ ।” उहाँले तीन सय धार्नीभन्दा बढी अदुवा उत्पादन गर्नुभएको छ । तर अहिलेसम्म बिक्री भएको छैन । व्यापारिले रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउनुहुन्छ ।

त्यस्तै अर्का कृषक दिलबहादुर रानाले अहिले तीन सय धार्नी अदुवा उत्पादन गर्नुभएको छ । तर बजारमा बिक्री गर्न नपाउँदा उहाँको मेहनत र लगानी खेर जाने भएको छ । रानाले गतवर्ष अदुवा बिक्री नभएपछि दुई सय धार्नी अदुवा सुठो बनाएर राख्नुभयो । तर त्यो सुठो बनाइएको अदुवा एक धार्नी पनि बिक्री नहुँदा उहाँ चिन्तित बन्नुभएको छ ।

“गतवर्षको सुठो बनाएको त्यत्तिकै छ, अहिले पनि उत्पादन भइसक्यो, एक धार्नी बेच्न पाइएको छैन” रानाले भन्नुभयो । सुठो बनाउँदा समयको खर्च र बनाउन निकै झण्झट हुन्छ । तर त्यही सुठो पनि नबिक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।

अदुवा बिक्री नहँुदा साझ बिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउनुहुन्छ । अदुवा बिक्री गरेर साँझ बिहान खाद्यान्नको जोहो गर्दै आएका यहाँका कृषक दुई वर्षयता बजारमा बिक्री नहँुदा मारमा परेका छन् । व्यापारिले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनत अनुसारको भाउ कृषकले नपाएका हुन् ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ । गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...