ओलीले मन्त्री बन्नेको यस्तो बनाए प्राथमिक सुची,यी हुन् ओली क्याबिनेटमा अट्ने केन्द्र सरकारका मन्त्री



हाम्रो इकोनोमि

प्रतिनिधि सभामा वाम गठबन्धनले बलियो वहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित भैसकेको छ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताबमा ओली प्रधानमन्त्री बन्ने दिन नजिकिदै जादा उनको क्याबिनेटका सदस्य अर्थात् मन्त्री हरु को-को हुने भन्ने चर्चा समेत हुन् थालेको छ ।

नया संबिधानमा ब्यबस्था भए अनुसार केन्द्र सरकार २५ सदस्यीय हुनेछ छ।केन्द्रमा हुने २५ मन्त्रीका लागी ओलीले लिस्ट नै तयार परिसकेका छन्। जसमा एमाले महासचिब इश्वर पोख्रेल उप-प्रधान सहितको मालदार मन्त्रालयको जिम्मेवारीमा पुग्ने छन् भने सचिब योगेश भट्टराई संचार र शिक्षा मन्त्री बन्नेछन्।
। त्यस्तै एमालेवाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, महेश बस्नेत, हृदयेश त्रिपाठी, नवराज सिलवाल, पद्यमा अर्याल, रघुवीर महासेठ, लालबाबु पण्डित, पार्वत गुरुङ, यज्ञबहादुर सुनुवार, छविलाल विश्वकर्मा, धन बहादुर बुढा, रविन्द्र प्रसाद अधिकारी, दीपकप्रसाद भट्ट, नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ या रामवीर मानन्धर लगायतको नाम अग्रस्थानमा मन्त्री बन्नेको सुचीमा समेटीएको छ।

त्यस्तै माओवादी केन्द्रवाट अग्नी सापकोटा, पम्फा भुषाल, जर्नादन शर्मा, वर्षमान पुन, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, प्रभु शाह, बिना मगर, हितवहादुर तामाङ, श्यामकुमार श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतको नाम चर्चामा छ ।
भावी प्रधानमन्त्री ओलीले पनि आफनो मन्त्रीमण्डलमा युवा नेतृत्वलाई बढि स्थान दिने मानसिकता बनाएका छन् । त्यसकारण पनि ओली मन्त्रीमण्डलमा युवापुस्ताको राम्रै वर्चश्व हुने पक्का जस्तै छ । ओलीले बिशेष गरी क्षमता भएका र अनुभबीलाई रोज्ने बताईसकेका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...