बाबुरामको नयाँ शक्तिले काठमाडौँका १० वटै क्षेत्रमा हावा खायो,नयाँ शक्तिका सबै उम्मेदवारको जमानत जफत (मतपरिणाम सहित)



बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको काठमाडौंमा जमानत जफत भएको छ। प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट उठेका नयाँ शक्तिका सबै उम्मेदवारको जमानत जफत भएको हो।

१० उम्मेदवारमध्ये एक जनाको मात्र एक हजार मत कटेको छ। ४ जनाले २ सय मत पनि कटाउन सकेका छैनन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा ‘निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने’ उल्लेख छ।

जमानत जफत हुनेमा काठमाडौं १ का नारायणप्रसाद ढकाल, काठमाडौं २ का गणेशप्रसाद सिंखडा, ३ का उद्धवबहादुर सुवेदी, ४ का तुलसीराम शिवाकोटी, ५ की शारदा मल्ल राजभण्डारी, ६ का मानबहादुर महर्जन, ७ का ईश्वर रिजाल, ८ का केशवप्रसाद तझया, ९ का भीमकुमार महर्जन र काठमाडौं १० का पञ्चलाल महर्जन हुन्।

कसको कति मत?
काठमाडौं क्षेत्र नम्बर १ का नारायणप्रसाद ढकालको जम्मा १ सय १७ मत आएको छ। यो क्षेत्रमा ४२ हजार ४ सय ३० मतदाता छन्। विजयी उम्मेदवार कांग्रेसका प्रकाशमान सिंहको १० हजार ९ सय ३६ मत आएको छ।

काठमाडौं २ का उम्मेदवार गणेशप्रसाद सिंखडाको १ सय ५१ मत आएको छ। यो क्षेत्रमा ७४ हजार ७ सय ५५ मतदाता छन्। विजयी उम्मेदवार एमालेका माधवकुमार नेपालको २७ हजार ३ सय ६६ मत आएको छ।

यस्तै, क्षेत्र नम्बर ३ का नयाँ शक्तिका उम्मेदवार उद्धवबहादुर सुवेदीको १ सय २९ मत आएको छ। यो क्षेत्रमा ५३ हजार ८ सय २४ मतदाता छन्। विजयी उम्मेदवार एमालेका कृष्णबहादुर राईको १९ हजार १ सय ६९ मत आएको छ।

काठमाडौं ४ का तुलसीराम शिवाकोटीले १ सय ३३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ६३ हजार २ सय १५ मतदाता छन्। विजयी उम्मेदवार कांग्रेसका गगन थापाको २१ हजार ५ सय ५८ मत आएको छ।

क्षेत्र नम्बर ५ का शारदा मल्ल राजभण्डारीको २ सय ४१ मत आएको छ। यो क्षेत्रमा ६४ हजार ५ सय ५० मतदाता छन्। २३ हजार २९ मत ल्याउँदै यहाँबाट एमालेका ईश्वर पोखरेल विजयी भए।

क्षेत्र नम्बर ६ का मानबहादुर महर्जनको ४ सय ३१ मत आएको छ। यो क्षेत्रमा ५८ हजार १ सय ८७ मतदाता छन्। विजयी उम्मेदवार नेपाली कांग्रेसका भीमसेन दास प्रधानको १६ हजार ७ सय ८५ मत आएको छ।

क्षेत्र नम्बर ७ का ईश्वर रिजालको ७ सय २८ मत आएको छ। ५७ हजार ५ सय ५८ मतदाता रहेको यस क्षेत्रबाट एमालेका रामवीर मानन्धरले १८ हजार १ सय २ मत ल्याउँदै जित हासिल गरे।

८ का केशवप्रसाद तझयाको २ सय ७४ मत आएको छ। यो क्षेत्रमा मतदाताको संख्या ५० हजार ८८ छ। विजयी उम्मेदवार एमालेका जीवनराम श्रेष्ठले यहाँ १३ हजार ३ सय ९७ मत आएको छ।

९ का भीमकुमार महर्जनले २ सय ८१ मत ल्याएका छन्। यो क्षेत्रमा ६७ हजार ६ सय ५१ मतदाता छन्। विजयी उम्मेदवार एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ सय ५२ मत आएको छ।

काठमाडौं १० का पञ्चलाल महर्जनले ११ सय ९५ मत ल्याएका छन्। यो क्षेत्रमा ७१ हजार २ सय १ मतदाता छन्। २४ हजार १ सय ९० मत ल्याएका कांग्रेसका राजेन्द्रकुमार केसी काठमाडौं १० बाट विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको