एच आइ भी संक्रमित बालबालिका समस्यामा



हाम्रो इकोनोमि

बैतडीमा एच आइ भी संक्रमित बालबालिकाहरु समस्यामा परेका छन् ।

एच आई भी संक्रमित बालबालिकाहरुको शिक्षा,स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेको एच आइ भी को क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो । जिल्लामा हाल १९ जना एच आइ भी संक्रमित बालबालिकाहरु सम्पर्कमा आएको उहाँले बताउनुभयो । एच आइ भी संक्रमित बालबालिकामध्ये अधिकांशले अभिभावक गुमाईसकेकाले उनीहरुलाई झन् समस्या भएको छ । एच आइ भी संक्रमित बालबालिका मध्ये कतिपयले आमा र बुवा दुईटै गुमाईसकेका छन् भने धेरैले आमा वा बुवा मध्ये एकजना गुमाईसकेका छन् ।

एच आइ भी संक्रमित बालबालिकाहरुका लागि सरकारका तर्फबाट पनि त्यस्तो खालको कुनै कार्यक्रम नभएकाले उनीहरुले शिक्षाबाट वञ्चित भईरहेका छन् । संक्रमित बालबालिकाहरुलाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृति र औषधिको व्यवस्था गर्दै आएको भएपनि १८ बर्षमाथिका लाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...