ओलीले बोलाए पछी प्रचण्ड चितवनबाट काठमाडौँ आइपुगे,यी हुन् आज साँझ ओली–प्रचण्डबीच हुने कुराकानीका ४ बुँदा



एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजै साँझ सरकार निर्माण लगायतका विषयमा छलफल हुने भएको छ। ओलीसँगै आजै साँझ कुराकानी गर्ने भन्दै प्रचण्ड विहीबार अपरान्ह काठमाडौैं फर्केका छन्।

‘अध्यक्षले आजै साँझ ओलीसँग कुराकानी गर्ने भन्नु भएको छ, त्यही उद्देश्यका साथ उहाँ राजधानी प्रस्थान गर्नु भएको हो’ प्रचण्डको पारिवारिक स्रोतले भन्यो, ‘त्यसैले, सम्भवत सरकार निर्माण लगायतका विषयमा आजै साँझ ओली र प्रचण्डबीच कुराकानी हुनेछ।’

काठमाडौंतर्फ उड्नुअघि प्रचण्डले भरतपुर विमानस्थलमा एमाले–माओवादी केन्द्रका नेताहरुसँग केही समय कुराकानी गरेका थिए। एमाले नेता देवी ज्ञवालीका अनुसार, मूलत राष्ट्रिय सभाको गठन, प्रदेश प्रमुखको रुपमा गभर्नरहरुको नियुक्ति, सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी हुनेछ।

गभर्नर चयनः प्रदेश प्रमुखको रुपमा रहने गभर्नर चयनको अधिकार सरकारलाई हुने भएकाले कांग्रेसका नेताहरु सरकारले तत्काल गभर्नर चयन गरिहाल्नुपर्ने पक्षमा छन्। एमाले–माओवादी केन्द्रले भने सहमतिका आधारमा गभर्नर चयन गर्नुपर्ने बताइरहेका छन्। त्

राष्ट्रिय सभाको गठनः चुनावमा पराजयका बाबजुद प्रधानमन्त्री देउवाले राजिनामा दिन चाहेका छैनन्। राष्ट्रिय सभापनि संसदको एउटा अंग भएको बताउँदै त्यसको गठन भएपछि मात्र राजिनामा दिने देउवाको अडान रहेको छ। तर राष्ट्रिय सभाको निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा कांग्रेस र एमाले–माओवादी केन्द्रबीच मतभेद छ।

नेपाली कांग्रेस एकल संक्रमणीय निर्वाचन पद्दतिका आधारमा राष्ट्रिय सभा गठन होस् भन्ने चाहन्छ। यो भनेको एक हिसावले संसदको समानुपातिक मतका आधारमा हुने निर्वाचन हो। यसो गर्दा राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित हुन्छ।

एमाले–माओवादी चाहिँ बहुमतका आधारमा राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने अडानमा छन्। प्रतिनिधि सभामा उनीहरुको बहुमत रहेकाले बहुमतीय पद्दतिका आधारमा राष्ट्रिय सभाको गठन गरिँदा उपल्लो सदनका रुपमा रहने संसदमा आफ्नो पकड हुने विश्वास एमाले–माओवादी केन्द्रलाई छ।

सरकार निर्माणः सबैभन्दा एमाले–माओवादी केन्द्रको पहिलो प्राथमिकता सरकार गठनमा छ। किनभने प्रदेश तथा प्रतिनिधि सभामा उनीहरुले बहुमत हासिल गरिसकेका छन्। सरकार गठनमा हुनसक्ने अवरोध, सरकार र प्रदेश सरकारमा भागबण्डा लगायतका विषयमा दुई नेताबीच छलफल हुनेछ।

प्रधानमन्त्री ओली नै बन्ने पक्का भएपनि सरकार गठनका सम्बन्धमा एमाले–माओवादी केन्द्रबीच थोरै मतान्तर छ। एमालेको धारणा पहिले सरकार गठन गर्ने र त्यसपछि पार्टी एकता गर्ने भन्ने छ। माओवादी केन्द्र भने सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्ने अडानमा छन्। यस विषयमा पनि दुई शीर्ष नेताबीच कुराकानी हुनेछ।

पार्टी एकताः निर्वाचन सम्पन्न भइसकेपछि केही अन्तर्वार्तामा एमाले अध्यक्ष ओलीले माओवादी जनयुद्धको आलोचना गरेपछि र महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि पनि ओली नै एकिकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुबै हुने बताएपछि माओवादी केन्द्रको कार्यकर्ता पंक्ति आक्रोसित भएको मात्र छैन, त्यसले दुई पार्टीबीचको एकतामा समेत प्रश्न चिन्ह उब्जिएको छ।

एकताबारेको आशंका हटाउने गरी दुई शीर्ष नेताबीच कुराकानी हुनेछ। ‘चुनावपछि सार्वजनिक भएका कतिपय कुराले पार्टी एकतामा आशंका उब्जिएपछि प्रचण्ड मंगलबार नै काठमाडौं फर्कने सोचाईमा हुनुहुन्थ्यो’ ज्ञवालीले  भने, ‘हामीले नै रोकेकाले उहाँ थप दुई दिन चितवनमा रहनु भएको हो।’

ज्ञवालीका अनुसार, निर्वाचनमा विजयपछि मतदाताहरुलाई धन्यवाद नदिई फर्कँदा नकरात्मक असर पथ्र्याे, त्यसैले ओली काठमाडौं फर्केपनि जिल्लाका नेताहरुको अनुरोधमा प्रचण्ड चितवनमा नै रहे। ज्ञवालीले भने, ‘उहाँले पार्टी एकताका विषयमा कुनै चिन्ता नलिनु भन्नु भएको छ। ओली–प्रचण्डबीच कुराकानी भएपछि एकताबारेका आशंका मेटिएर जानेछन्।’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको