यी हुन् राष्ट्रपतिविरुद्ध फेसबुकमा अश्लील स्टाटस लेख्ने २० बर्षे बानिया,पाँच महिनापछि यसरी समात्यो सिआइबीले



राष्ट्रपतिलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तनहुँ बन्दीपुर ३ घर भएका २० वर्षीय विवेक बानियालाई आज काठमाडौँबाट पक्राउ गरेको हो। बनिया ट्रिनिटी कलेजमा अध्ययनरत थिए। उनी कांग्रेस निकट बिद्यार्थी नेविसंघ संग आबद्द रहेको बुझिएको छ।

ब्युरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठका अनुसार गत असारमा फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेखेपछि उनी फरार थिए।

पक्राउ गरेका बानियालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

साइबर कानूनको अभावमा यस्ता विषयलाई इकमर्स (इलेक्ट्रोनिक कारोबार) लाई व्यवस्थित बनाउन ल्याइएको यो कानुनको दफा ४७ अनुसार मुद्दा चलाइने गरेको छ।
ऐनको दफा ४७ मा कानुन विपरीतका काम विद्युतीय माध्यमबाट गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

कुनै निश्चित मापदण्ड र परिभाषा नभएको कारण यही दफा ४७ प्रयोग गरेर प्रहरीले सबै खालका साइबर अपराधको सम्बोधन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको