पार्टी अध्यक्ष संसदीय दलको नेता र प्रधानमन्त्री केपी ओली नै हुने यसरी भयो निश्चित, प्रचण्डको यस्तो छ दाउ के गर्लान् अब ?



हाम्रो इकोनोमि

हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो दल बनेको छ । यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमाले धेरै स्थानीय तह जितेर ठूलो दल बनेको थियो ।

अहिलेसम्मको निर्वाचनमा एमालेको यो जित नै ऐतिहासिक हो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै दल पहिलो हुनु चानचुने घटना होइन । स्थानीय तहको निर्वाचनमा एक्लै लडे पनि एमाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी केन्द्रसँग बाम गठबन्धन गरी होमिएको थियो ।

एमाले र माओवादी केन्द्रबीच चुनावसँग तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति भएको थियो । निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइको बहुमत हासिल गरेका छन् । तर, अब बन्ने सरकारमा को प्रधानमन्त्री हुने ? पार्टी एकतापछि को अध्यक्ष र संसदीय दलको नेता हुने ? भन्ने विवाद सुरु भएको छ ।

यही बीचमा एमाले महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री, दलको अध्यक्ष र संसदीय दलको नेता पनि एउटै व्यक्ति हुने भनेर अभिव्यक्ति दिएपछि माओवादीभित्र यसले असन्तुष्टि उत्पन्न गराएको छ । पोखरेलले एमाले अध्यक्ष नै भावी प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष पनि हुने संकेत गरेका छन् ।

एमाले तत्काल सरकार गठन गर्ने र एक वर्षभित्र पार्टी एकता गर्ने पक्षमा छ । तर, माओवादी भने सरकार गठन र पार्टी एकता प्याकेजमै गर्नुपर्ने अडानमा छ । चुनावमा बहुमत ल्याएपछि एमाले नेताहरूले पार्टी एकता तत्काल नहुनेसम्मका अभिव्यक्ति दिन थालेपछि माओवादीले ठूलै षड्यन्त्रको संशय देखेको हो ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गत असोजमा साढे दुई वर्ष–साढे दुई वर्ष आलोपालो प्रधानमन्त्री हुने, एउटा प्रधानमन्त्री हुँदा अर्को पार्टी अध्यक्ष हुने ‘भद्र सहमति’ भएको बताइन्छ । तर, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो विषयमा कुनै जानकारी नभएको भन्दै आफूहरू मान्न तयार नभएको बताउँदै ‘ओली प्रचण्ड सहमति’ अस्वीकार गर्ने संकेत गरेका छन् ।

माधव नेपालको यो भनाइले माओवादीभित्र सनसनी मच्चाएको छ । अबको केही साताभित्रै नयाँ सरकार बन्दैछ । त्यसअघि नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको विषयमा सहमति गर्नुपर्ने अवस्था छ । स्रोतका अनुसार यदि एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा बाधा पर्ने अवस्था आए ओलीलाई प्रधानमन्त्री, नेपाललाई राष्ट्रपति र प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने विषयमा पनि गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...