मधेशी जनताको अधिकारका लागि संघर्ष जारी: अध्यक्ष यादव



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ ।

राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत हुनुभएका उहाँले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने बताउनुभयो ।

पहाडमा समेत आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको दाबी गर्नुभयो ।

सिंहदरबार र नारायणहिटीमा शासन गर्नेको विभेदकारी नीति तथा भेदभावका कारण सप्तरी पनि विकासमा पछाडि परेको आरोप लगाउँदै उहाँले प्रदेश नं २ मा मधेश सरकार बनेपछि मात्र तराई मधेशको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले मधेशी जनताबाट पाएको जनमतको सम्मान गर्ने र जस्तोसुकै संघर्ष गर्न आफू पछि नहट्ने बताउँदै मधेशका जनताबाट पाएको जनमतको मूल्य चुकाउने समेत बताउनुभयो ।

निर्वाचन परिणामले प्रदेश नं २ मधेश सरकार बन्ने बताउँदै ‘प्रदेश नं २ को ८ जिल्ला मात्र मधेश होइन, मधेसका बाँकी २२ जिल्लाका भूभागका लागि अब हाम्रो संघर्ष अगाडि बढ्छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...