मधेशी जनताको अधिकारका लागि संघर्ष जारी: अध्यक्ष यादव



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ ।

राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत हुनुभएका उहाँले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने बताउनुभयो ।

पहाडमा समेत आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको दाबी गर्नुभयो ।

सिंहदरबार र नारायणहिटीमा शासन गर्नेको विभेदकारी नीति तथा भेदभावका कारण सप्तरी पनि विकासमा पछाडि परेको आरोप लगाउँदै उहाँले प्रदेश नं २ मा मधेश सरकार बनेपछि मात्र तराई मधेशको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले मधेशी जनताबाट पाएको जनमतको सम्मान गर्ने र जस्तोसुकै संघर्ष गर्न आफू पछि नहट्ने बताउँदै मधेशका जनताबाट पाएको जनमतको मूल्य चुकाउने समेत बताउनुभयो ।

निर्वाचन परिणामले प्रदेश नं २ मधेश सरकार बन्ने बताउँदै ‘प्रदेश नं २ को ८ जिल्ला मात्र मधेश होइन, मधेसका बाँकी २२ जिल्लाका भूभागका लागि अब हाम्रो संघर्ष अगाडि बढ्छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...