समानुपातिकतर्फ एमालेकै अग्रता, हेर्नुहोस् कसको कति मत ?



हाम्रो इकोनोमि

प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २६ लाख १६ हजार २८६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख २७ हजार ५९१ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ३४ हजार ४७०, संघीय समाजवादी फोरमले ३ लाख ४९ हजार मत कटाएको छ ।

राजपाले २ लाख ९४ हजार, राप्रपाले १ लाख ७४ हजार, विवेकशील साझा पार्टीले १ लाख ७२ हजार, नयाँ शक्ति पार्टीले ६८ हजार मत ल्याएको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६३ हजार, नेपाल मजदुर किसान पार्टीले ४२ हजार मत कटाएको छ । अरु दलले २ लाख ७८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...