नेप्से परिसुचक १०.५३ अंकले बढ्दा दुई संस्थाको शेयर मुल्य १० प्रतिशतले बढ्यो



हाम्रो इकोनोमि

बुधबारको शेयर बजारमा नेप्से परिसूचक १०.५३ अंकले बढेर १५२०.७४ को बिन्दुमा पुगेको छ। आज १६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

सबैभन्दा धेरै होटलको उपसुचक १.७८, उत्पादन उपसमुह १.३२, ट्रेडिङ १.२३, अन्य १.१८, माइक्रोफाइनान्स ०.८, बीमा ०.६७, वाणिज्य बैंक ०.६३, हाइड्रोपावर ०.४७, विकास बैंक ०.३३, फाइनान्स ०.२६ प्रतिशतले बढेका छन्।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेको कुबेर मर्चेन्ट र ललितपुर फाइनान्सको शेयर मुल्य १० प्रतिशतले बढेको छ। भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३.९८ प्रतिशतले गुमाएका छन्।

ग्लोबल आइएमइ बैंकको पाँच करोड ४० लाख रुपैयाँको करोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...