विजयी उत्सवमा कसैलाई गाली नगर्न एमाले नेता गोकर्ण विष्टको आग्रह



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरेका छन् ।

निर्वाचित भइसकेपछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका विष्टले सोही क्रममा विजय उत्सवमा लगाइने नारा तथा भाषणमा कसैलाई गाली नगर्न आग्रह गरेका हुन् । आफू जनप्रतिनिधि भएको भन्दै विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरे । उनले अबको पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने दाबी समेत गरे ।

चुनावी प्रतिबद्धतामा जिल्लाभित्र रहेको बाटो, खानेपानी, शिक्षा, विद्युत लगायतका विकासका पुर्वाधारलाई आफूले प्राथमिकतामा राखेको बताउँदै यो जितले थप जिम्मेवारपनको अझ बढी बोध गराएको स्पष्ट पारे ।
अब जिल्लाका विकासका काम गरेर पुन आउदाँ भोट माग्न नपर्ने स्थितीको सिर्जना गर्ने प्रतिबद्धता पनि नेता विष्टले गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...