विजयी उत्सवमा कसैलाई गाली नगर्न एमाले नेता गोकर्ण विष्टको आग्रह



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरेका छन् ।

निर्वाचित भइसकेपछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका विष्टले सोही क्रममा विजय उत्सवमा लगाइने नारा तथा भाषणमा कसैलाई गाली नगर्न आग्रह गरेका हुन् । आफू जनप्रतिनिधि भएको भन्दै विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरे । उनले अबको पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने दाबी समेत गरे ।

चुनावी प्रतिबद्धतामा जिल्लाभित्र रहेको बाटो, खानेपानी, शिक्षा, विद्युत लगायतका विकासका पुर्वाधारलाई आफूले प्राथमिकतामा राखेको बताउँदै यो जितले थप जिम्मेवारपनको अझ बढी बोध गराएको स्पष्ट पारे ।
अब जिल्लाका विकासका काम गरेर पुन आउदाँ भोट माग्न नपर्ने स्थितीको सिर्जना गर्ने प्रतिबद्धता पनि नेता विष्टले गरे ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...