प्रतिनिधिसभाको समानुपातिकतर्फको ६० प्रतिशत गणना सकिदा एमाले कांग्रेस हाराहारीमा,माओबादी केन्द्र कमजोर



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख २१ हजार ३८ मत गणना भइसकेको छ ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । एमाले कांग्रेसभन्दा ८५ हजार मतले अघि छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट धेरै जितेको माओवादी केन्द्रसमानुपातिकमा भने एमाले र कांग्रेसको तुलनामा निकै कमजोर देखिएको छ । एमालेले १ लाख २९ हजार ५ सय ४४ मत ल्याउदा कांग्रेसले उसकै हाराहारी २० लाख ४५ हजार ५ सय २३ मत ल्याएको छ । माओवादी केन्द्रले उनीहरुको अधा पनि ल्याउन सकेको छैन । उसको ८ लाख ३० हजार १ सय ८९ मत छ ।
संघीय समाजवादी फोरमले २ लाख ७० हजार ८ सय १९ मत ल्याएको छ भने राजपाले २ लाख १२ हजार १ सय ८५ मत ल्याउदै ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् ।
कसको कति मत ?
एमाले– २१ लाख २९ हजार ५ सय ४४
कांग्रेस– २० लाख ४५ हजार ५ सय ३४
माओवादी केन्द्र– ८ लाख ३० हजार १ सय ८९
संघीय फोरम– २ लाख ७० हजार ८ सय १९
राजपा– २ लाख १२ हजार १ सय ८५
राप्रपा– १ लाख ४३ हजार ९३
विवेकशिल– १ लाख ३७ हजार ६ सय २८
नयाँ शक्ति– ५९ हजार ८७
राप्रपा(प्रजातान्त्रिक)– ४७ हजार ५ सय ८४
राष्ट्रिय जनमोर्चा–३६ हजार ५७

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...