चुनाब जिते पछी ज्वाई छोरी र श्रीमती संग काभ्रे पुगेका बाबुराम यसरी भेटीए बिन्दास मुडमा



हाम्रो इकोनोमि

गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

चितवन–३ को निर्वाचनमा आफ्नो अग्रता सुरु हुनासाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धपेडीबाट मुक्त हुन चितवन–३ को पर्यटकीय क्षेत्र पटिहानी पुगेका थिए।

वामगठबन्धनका कारण गोरखा–२ को चुनाव निकै प्रतिस्पर्धात्मक बनेपछि पहिलो चरणको निर्वाचन अवधिभर भट्टराई गोरखा–२ बाट बाहिर निस्कन सकेका थिएनन्।

झण्डै ७ हजार मतान्तरका साथ विजय हासिल गरेपछि भट्टराईको कर्तव्य थियो, मतदातालाई धन्यवाद दिनु। त्यसैले एकाध दिन उनी गोरखा– २ मै अल्झिए।
त्यसपछि काठमाडौं फर्केका भट्टराई सुटुक्क मंगलबार काभ्रे पुगेका छन्। भट्टराईको साथमा नयाँशक्तिकी नेतृ समेत रहेकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी भट्टराई र ज्वाईं जेकेन्द्र श्रेष्ठ समेत छन्।

तर, तर विद्धान् नेताको रुपमा गनिएका भट्टराईले त्यहाँ पुग्दापनि किताव चाहिँ छोडेका छैनन्।
चौतारो मुनि बसेर पढिरहेका भट्टराईको हातमा ‘सेभेन ह्याभिट्स अफ हाइली इफेक्टिभ पिपल’ नामको पुस्तक छ। त्यो पुस्तक मन्द मुस्कानका साथ पढिरहेका छन् उनी।

नेपाली कांग्रेसको सहयोगमा चुनाव जितेका भट्टराई रुखको चौतारोमुनि बसेर खिचिएको फोटो पनि निकै अर्थपूर्ण लाग्छ।
चुनावी परिणामबाट भट्टराई खुसी हुनु स्वभाविक हो। तर भट्टराई भन्दा खुसी देखिन्छन्, हिसिया, मानुषी र ज्वार्इं जेकेन्द्र। उनीहरुले पनि विन्दास मुडमा रहेर तस्वीर खिचाएका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...